पर्सामा २१ हजार जनालाई हैजाविरुद्धको खोप दिइयो – Naya Bikalpa
October 14, 2025, Tuesday      Epaper

पर्सामा २१ हजार जनालाई हैजाविरुद्धको खोप दिइयो

काठमाडौं : हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो ।

वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पर्सामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकामा २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप दिइएको जानकारी दिए ।

जगरनाथपुरमा ३२ हजार ५३ जनामध्ये १७५ जनालाई, सखुवा प्रसौनीमा ३५ हजार १७९ जनामध्ये ४ हजार ९९९, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ जनामध्ये नौ हजार ५१३, पोखरियामा ३७ हजार ८७४ जनामध्ये चार हजार ८७६ र धोवीनीमा २२ हजार ५४२ जनामध्ये दुई हजार ५३३ जनालाई हैजा विरुद्धको खोप लगाइएको हो ।

पर्सामा आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् । हैजा विरुद्धको खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारा पठाइसकेको छ । दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप दिइनेछ ।

हाल पर्साकोे १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा सो अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा गौतमले हालसम्म सबै जना खोप लिन इच्छुक रहेका जानकारी दिए ।

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
  • २०८२ आश्विन २७, १६: ०२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।आज दिउँसो...

दुई हजार चार सय ५१ सैन्य दीक्षित
दुई हजार चार सय ५१ सैन्य दीक्षित
  • २०८२ आश्विन २७, १६: ०२

काठमाडौँ ।  हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण...

हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने
हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने
  • २०८२ आश्विन २७, १६: ०२

काठमाडौं : प्यालेस्टाइनी समूह हमासले गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।...