हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने – Naya Bikalpa
October 14, 2025, Tuesday      Epaper

हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने

काठमाडौं : प्यालेस्टाइनी समूह हमासले गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।

हमासको सैन्य शाखा अल–कसम ब्रिगेड्सले सोमबार जारी विज्ञप्तिमार्फत विपिन जोशीसहित चार जना बन्धकको मृत्यु भएको जानकारी दिएको हो । समूहले ती सबैका शव इजरायली पक्षलाई आजै हस्तान्तरण गर्ने जनाएको छ ।

बीबीसीका अनुसार हमासले फिर्ता गर्न लागेका मृतकहरूमा गाई इलोज, योसी शाराबी, ड्यानियल पेरेट्ज, र विपिन जोशी रहेका छन् । यो शव हस्तान्तरण प्रक्रिया हालै इजरायल र हमासबीच भएको कैदी विनिमय सम्झौताअन्तर्गत भइरहेको बताइएको छ ।

सम्झौताअनुसार हमासले फेला परेका मृतक बन्धकका अवशेष इजरायललाई फिर्ता गर्नेछ भने इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ ।

यसअघि, हमासले नियन्त्रणमा रहेका २० जना जीवित बन्धकहरूलाई इजरायललाई हस्तान्तरण गरिसकेको थियो । तर समूहको नियन्त्रणमा अझै पनि केही मृतक इजरायली बन्धकका अवशेष रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपाली विद्यार्थी विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए । त्यसयता उनको अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहे पनि हाल मात्रै उनको मृत्युको पुष्टि भएको हो ।

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
  • २०८२ आश्विन २७, १९: ५६

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।आज दिउँसो...

दुई हजार चार सय ५१ सैन्य दीक्षित
दुई हजार चार सय ५१ सैन्य दीक्षित
  • २०८२ आश्विन २७, १९: ५६

काठमाडौँ ।  हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण...

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय
  • २०८२ आश्विन २७, १९: ५६

काठमाडौं : विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...