विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय – Naya Bikalpa
October 14, 2025, Tuesday      Epaper

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

काठमाडौं : विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।

उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको हो । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।

यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो । हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
  • २०८२ आश्विन २७, १९: ४३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।आज दिउँसो...

दुई हजार चार सय ५१ सैन्य दीक्षित
दुई हजार चार सय ५१ सैन्य दीक्षित
  • २०८२ आश्विन २७, १९: ४३

काठमाडौँ ।  हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण...

हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने
हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने
  • २०८२ आश्विन २७, १९: ४३

काठमाडौं : प्यालेस्टाइनी समूह हमासले गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।...