
काठमाडौं। आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्दैछ । यूएई भ्रमणमा रहेको नेपाली टोली आफ्नो पहिलो खेल अमेरिकासँग खेल्न लागेको हो ।नेपाली टोलीले अमेरिका र आयोजक राष्ट्रसँग दुई–दुई खेल खेल्नेछ ।
खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरू हुनेछ । शृंखलामा नेपाली टोलीको प्रतिद्वन्द्वीका रूपमा आयोजक यूएई र अमेरिका छन् । नेपालले आफ्नो दोस्रो खेल अक्टोबर ३० तारिख (कार्तिक १३ गते) आयोजक यूएईसँग खेल्नेछ । तेस्रो खेल नोभेम्बर १ तारिख (कार्तिक १५ गते) अमेरिकासँग र चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) यूएईसँग खेल्नेछ ।
लिग–२० शृंखलाअन्तर्गतका खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा प्रत्येक शृंखला सकिएपछि सहभागी तीनवटै टोलीबीच टी–२० शृंखला पनि खेलिँदै आएको छ । यद्यपि, टी–२० शृंखलाको नतिजाले लिग–२ प्रतियोगिताको तालिकामा कुनै असर पार्दैन ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...
काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...