
काठमाडौं : कप्तान सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा आयोजक भारतलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा सावित्राले दुई गोल गर्दै नेपाललाई जित दिलाइन्।
खेलको दोस्रो मिनेटमा नै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। रक्षापंक्तिबाट आएको लामो बललाई नियन्त्रण गर्दै उनले भारतीय गोलकिपरलाई छक्याउँदै गोल गरेकी हुन्।
पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालका लागि दोस्रो गोल पनि सावित्राले नै गरिन्।
खेलको ६३औं मिनेटमा उनले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो। उनको प्रहार भारतीय गोलकिपरले बचाउन सकिनन्।
दुई गोलले पछि परेको भारतले खेलको ८१औं मिनेटमा एक गोल फर्काएको थियो। भारतका लागि करिश्माले गोल गरे पनि त्यो हार टार्न पर्याप्त भएन।
खेलमा सावित्राले ह्याट्रिक गर्ने अवसर समेत पाएकी थिइन् तर उनको सशक्त प्रहार भारतीय गोलकिपरले बचाइन्।
यसअघि प्रतियोगितामा नेपाल र भारत दुवै इरानसँग पराजित भएका थिए। आजको जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...