
कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले १६ बर्ष अघि कारागार ताेडेर भागेका दुइजना कैदीलाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा
गौरिगंगा नगरपालिका-२ बस्ने ६२ वर्षीय चुलुवा चौधरी डाका चोरी मुद्दाका फरार अभियुक्त हुन । त्यस्तै अर्का अभियुक्त कैलारी गाउँपालीका-५ बस्ने ४८ वर्षीय पुरण प्रसाद कुमालर कर्तव्य ज्यान मुद्दाका जेल ताेडेर भागेका अभियुक्त हुन् ।
डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीको २०६६ असार २ गतेको फैसलाले ६ वर्ष कैद र ४ हजार १ सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना ठहर भएका चौधरीलाई सोमबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो । पक्राउ परेका दुवैजनालाइ कैद भुक्तानका लागि अदालतकाे आदेशमा पुनः जेल चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...