हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं : हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित  ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोडे । त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११÷११ रन जोडे । अर्को ओपनर लोकेश बमले १० रन बनाए । रुपेश श्रेष्ठ १ रनमा अविजित  रहे ।

यता अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो  । उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाएका थिए  । त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ कार्तिक २१, ११: ५९

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ कार्तिक २१, ११: ५९

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ कार्तिक २१, ११: ५९

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...