
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का सबै ३२ खेल अब डिसहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ । आगामी १ देखि २७ मंसिर २०८२ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपिएलका सम्पूर्ण खेलहरू ‘डिसहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले डिस मिडिया नेटवर्कलाई ओटीटी प्रसारण अधिकार प्रदान गरेको छ । दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ । क्यानले तोकेको मूल्यअनुसार, एनपिएलको दोस्रो संस्करणका सबै खेल डिसहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडिल इस्टका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटबाट लाइभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ ।
दोस्रो संस्करणको एनपिएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...