राहात बाेकेर बाग्लुङ उडेकाे गृहमन्त्री सवार हेलिकाेप्टर बीचबाटै काठमाडाैं फर्कियाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

राहात बाेकेर बाग्लुङ उडेकाे गृहमन्त्री सवार हेलिकाेप्टर बीचबाटै काठमाडाैं फर्कियाे

नयाँ विकल्प,

काठमाडाैं- बाढीपहिरोको अवलोकन तथा राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामै रोकिएको छ।

खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

‘स्याङ्जासम्म पुगेको थियो तर मौसम खराब रहेकाले अगाडि बढ्न नसकेपछि पोखरामा अवतरण गरिएको हो,’ भट्टराईले भने। बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ। ‘मौसम सामान्य भएपछि जान्छौं, नभए फर्किनेबाहेक विकल्प रहेन,’ उनले भने।

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्। टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ भाद्र १८, १३: ०७

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र १८, १३: ०७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र १८, १३: ०७

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...