डिष्ट्रिक्ट ३२५ एफको प्रि–क्याबिनेट बैठक इन्द्रेणी सुइट होटलमा भव्यरुपमा सम्पन्न – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper

डिष्ट्रिक्ट ३२५ एफको प्रि–क्याबिनेट बैठक इन्द्रेणी सुइट होटलमा भव्यरुपमा सम्पन्न


काठमाडौं । लायन्स क्लब्स् अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफ, नेपालले २०२५÷२६ को पहिलो क्याबिनेट बैठक होटल लेमन ट्री, बुढानीलकण्ठमा गरेको थियो भने दोस्रो क्याबिनेट बैठक २०८२ मंसिर ५ गते शुक्रबार दिनको १ बजे जर्मन होम्स हस्पिटालिटी गठ्ठाघर, भक्तपुरमा गर्दैछ । यसका लागि प्रि–क्याबिनेट मिटिङ बुधबार बेलुकी इन्द्रेणी सुइट होटल, बानेश्वरमा सम्पन्न गरेको छ । दोस्रो क्याबिनेट बैठक तयारीका सम्बन्धमा गरिने प्रि–क्याबिनेट बैठकमा जोन चियर पर्सन, रिजन चियर पर्सन, क्लष्टर चिफ विभिन्न विभागीय समितिका संयोजकहरुले दोस्रो क्याबिनेट बैठकमा गरिने विभिन्न बारेमा ल्याइएका प्रस्तावहरुलाई छलफलका रुपमा प्रस्तुत गरिन्छ ।

साथै विभिन्न क्लबका सांगठनिक अवस्था बारे सम्बन्धित जोन चियर पर्सनहरुले डिष्ट्रिक्ट गभर्नरलगायत पूर्व गभर्नरहरुलाई जानकारी गराउने गरिन्छ । यसै क्रममा बुधबार बेलुकी अबेरसम्म चलेको बैठकमा डिस्ट्रिक्ट ३२५ एफको बितेका महिनाहरुको गतिविधिहरू, डिष्ट्रिक्टभित्र भएका प्रगति र उपलब्धिका बारेमा चर्चा परिचर्चा गरिन्छ । साथै देशको अवस्था भविष्यमा आउने चुनौतीका बारेमा पनि छलफल तथा मार्गचित्रहरु प्रस्तुत गर्दै दोस्रो क्याबिनेट बैठकलाई उपलब्धिमूलक बनाउन डिष्ट्रिक्ट ३२५ एफ लायन्सका लिडरहरु लगायत क्लबहरुसँग सहकार्य गर्दै भावी दिनका सामाजिक कार्यहरु पूरा गर्ने तयारीमा जुट्ने गरिन्छ ।
दोस्रो प्रि मिटिङमा उपस्थित सबै पदाधिकारी, लायन सदस्यहरू तथा अतिथिहरूको सक्रिय सहभागिताले उत्साहजनक उपस्थितिका कारण प्रि क्याबिनेट बैठक भव्य र सभ्य भएको डिष्ट्रिक्ट ३२५ एफका हालसम्मकै सफल गभर्नर केशरबहादुर भण्डारीले नयाँ विकल्पलाई बताए ।

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८२ मंसिर ४, १५: ३८

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८२ मंसिर ४, १५: ३८

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८२ मंसिर ४, १५: ३८

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...