
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा गत मंगलबार दुई खेल भएको थियो। त्यसयता दैनिक एक खेल मात्रै हुँदै आएको थियो।
शनिबार भने बिहान सवा ११ बजे पहिलो खेल र दिउँसो साढे ३ बजे दोस्रो खेल हुने तय भएको हो।
पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ।
प्रतियोगितामा यो दुवैको दोस्रो खेल हो।
कर्णालीले पहिलो खेलमा पराजय भोगेको थियो।
मंगलबार भएको खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं गोर्खाजले आज तेस्रो खेल खेल्दैछ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
विराटनगर किंग्सले आज दोस्रो खेल खेल्दैछ।
विराटनगरले पनि जितबाटै प्रतियोगिता सुरू गरेको थियो।
मंगलबार पोखरा एभेन्जर्सलाई विराटनगरले ५३ रनले पराजित गरेको थियो। त्यतिबेला उसले २२० रन जोडेर प्रतियोगिताकै ठूलो स्कोर बनाएको थियो।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...