कांग्रेस निर्वाचनतिर–एमाले मुठभेडतिर – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper
हस्ताक्षर अभियान तुहियो दुई महामन्त्रीको जोडमा जेन–जीको मागलाई संस्थागत गर्दै विशेष महाधिवेशनको तयारीमा

कांग्रेस निर्वाचनतिर–एमाले मुठभेडतिर

काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबारको बैठकले २१ फागुनको निर्वाचनमा जाने निर्णय गरेको छ । एमालेले प्रतिनिधिसभा पुनस्र्थापनालाई प्रमुख एजेण्डा बनाएर देशब्यापी सडक आन्दोलन अघि बढाएर कांग्रेसलाई पनि पुनस्र्थापनाकै मुद्धामा ल्याउने प्रयास गरिरहेका बेला कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपछि पुनस्र्थापनाको मुद्दामा एमाले एक्लिएको छ ।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘२१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ ।’ बैठकले ‘निर्वाचनमार्फत नै संविधानघको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ ’ भन्ने निर्णय गरेको छ ।

कांग्रेसले जेन–जी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको ठहर गरेको छ । ‘संविधानको मर्म र मूल्यमान्यता बमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यक रहेको ठहर कांग्रेसले गरेको छ,’ निर्णयमा भनिएको छ । विघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपश्चात् उदाएका दलहरू, जेन–जी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यापारी÷व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालासँग बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्दै कांग्रेसले भनेको छ, ‘यसका लागि नेपाली कांग्रेस आवश्यक पहल गर्ने निर्णय गर्दछ ।’

एमालेले अघि सारेको प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डालाई भने कांग्रेसले अदालतको विचाराधीन विषय भनेको छ । यतिबेला एमाले देशव्यापी प्रदर्शनको नाममा मेठभेड निम्त्याइरहेको देखिन्छ । किनकी सिमरा घटना र आइतबारको विराटनगरको घटनाले पनि मुठभेडलाई निम्त्याइरहेको देखिन्छ । ३ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले संसद् विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्याविपरीत भएकाले असंवैधानिक रहेको भनेर गरेको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ । विघटित प्रतिनिधिसभाका बारेमा कांग्रेसले यसो भनेता पनि सबै संकटको निकास फेरि पनि निर्वाचनबाटै हुने कांग्रेसले ठहर गरेको छ ।

सभापति शेरबहादुर देउवा सिंगापुरमै रहेका बेला विघटित प्रतिनिधिसभाका सांसदले पुनःस्थापनाको एजेन्डा बनाउन दबाब दिने भन्दै तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले हस्ताक्षर अभियान शुरु गरेका थिए । शनिबारको निर्णयसंगै प्रतिनिसभा पुनस्र्थापनाका लागि शुरु गरिएको हस्ताक्षर अभियान स्वतः तुहिएको छ । ‘संसद् बाहिरबाट सरकार गठन र संसद् विघटनको कदमले लोकतान्त्रिक उपलब्धिलाई जोखिममा पारेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ । अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा’ कांग्रेसले निर्णयमा भनेको छ, ‘प्रतिनिधिसभा पुनःस्थापनाको विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकाले अदालतबाटै अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ ।’
निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले निर्वाचनका लागि भयरहित र स्वतन्त्र वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

‘कांग्रेस तथा विभिन्न दलहरूको आह्वानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी हो, यसका लागि २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सबै दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न कांग्रेस जोडदार माग गर्दछ ।’
निर्वाचनमा जाने निर्णय गरेको कांग्रेस बैठकले महाधिवेशनका बारेमा भने अझै केही निर्णय लिन सकेको छैन ।

संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छ भने इतर पक्ष कुनै पनि हालतमा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । महाधिवेशनको टुंगो लाग्न नसक्दा केन्द्रीय कार्यसमितिको कार्यकाल बढाउने प्रस्तावसमेत बैठकमा जान सकेको छैन । कांग्रेसका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल यहि मंसिरमा सकिँदै छ । महाधिवेशनसम्बन्धी निर्णय लिन ११ मंसिरमा फेरि बैठक राखिएको छ । जुन बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
  • २०८२ मंसिर ९, १५: ५१

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८२ मंसिर ९, १५: ५१

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८२ मंसिर ९, १५: ५१

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...