
काठमाडौं : काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ । दोस्रो जितसँगै काठमाडौंले चार खेलमा चार अंक जोडेको छ । पराजित लुम्बिनीको तीन खेलबाट दुई अंक छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १ सय ३५ रनमै समेटियो ।
लुम्बिनीका लागि शेर मल्लले २७, दिलीप नाथले २५, डार्शी शर्टले २२, गुल्बदीन नइम र कप्तान रोहितकुमार पौडेलले ११-११ रन बनाए । काठमाडौंका लागि मिलिन्द कुमार र जेरहार्ड इरस्मसले दुुई/दुुई तथा शाहब आलम, सन्तोष यादव, राशिद खान र कप्तान करण केसीले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो ।
काठमाडौंका लागि करण केसीले ११ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ३४ रनको योगदान गरे । यसैगरी, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरस्मसले १७-१७ र रशिद खानले १४ रन बनाए ।
काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...
काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...