टी–२० विश्वकप : नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

टी–२० विश्वकप : नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश

काठमाडौं : भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ ।

सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ । सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका छन् ।

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’मा भारत, पाकिस्ता, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन् । समूह ‘बी’मा श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान परेका छन् भने समूह ‘डी’मा न्युजिल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई परेका छन् ।

नेपालले इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबीचको खेल फेब्रुअरी ८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल फेब्रुअरी १२ मा हुनेछ ।

नेपालले आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल फेब्रुअरी १५ मा हुनेछ । यस्तै नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी १७ मा हुनेछ । नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ मंसिर ९, २०: २३

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ मंसिर ९, २०: २३

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
  • २०८२ मंसिर ९, २०: २३

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...