एनपिएलमा चितवनको दोस्रो जित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएलमा चितवनको दोस्रो जित

काठमाडौं : स्पिनर रञ्जित कुमारले बलिङ तथा रवि बोपाराले ब्याटिङमा उत्कृष्ट प्रदशर्न गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध ४८ रनको जित दर्ता गरेको छ । दोस्रो जितसँगै चितवनले तीन खेलमा चार अंक जोडेको छ । यता पहिलो पराजय व्यहोरेको विरानगरको चार खेलबाट ६ अंक छ ।

मंगलबार चितवनले त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १ सय २६ रनमा समेटियो । विराटनगरका लागि मर्सान्ट डी लाङ्गले ३९, प्रतिस जिसीले ३० र साम हेज्लेटले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनका लागि रञ्जितले चार ओभरमा मात्र २१ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी कमलसिंह ऐरीले दुई तथा सोहेल तनवीर र कप्तान कुशल मल्लले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ७४ रनको योगफल तयार पारेको थियो ।

चितवनका लागि रवि बोपाराले ३८ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ६५ रनको योगदान गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।

यसैगरी सैफ जेबले ३२, देव खनालले २८,कुशल मल्लले अविजित २० र डेविड मलानले १७ रन बनाए । विराटनगरका लागि मर्सान्ट डी लाङ्ग र कप्तान सन्दीप लामिछानेले दुई–दुई तथा शुभम रन्जानेले एक विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर १०, १९: ४६

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर १०, १९: ४६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर १०, १९: ४६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...