पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्टसले लगातार तेस्रो हार ब्यहोरेको छ भने पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ।

बिहीबार पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको हो। योसँगै जनकपुरको तेस्रो खेलमा पराजित भएको छ। जारी एनपीएलमा एउटा पनि खेल नजित्ने टोली जनकपुर मात्रै हो।

जनकपुर एनपीएलको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ विकेटले पराजित भएको थियो।

पोखराले भने लगातार दुई हारपछि जित निकालेको छ। यसअघि पोखराले पहिलो खेलमा विराटनगरसँग् ५३ रन र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १३० रन मात्रै बनायो।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर ११, १९: ३२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर ११, १९: ३२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर ११, १९: ३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...