एनपिएलमा आज दुई खेल हुँदै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एनपिएलमा आज दुई खेल हुँदै


काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन्।

त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ।

पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्ने छन् भने दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससँग खेल्दैछ।

काठमान्डु गोर्खाजले आज प्रतियोगिताको पाँचौं खेल खेल्दै छ। चितवन राइनोजको भने आजको खेल तेस्रो हुनेछ।

दुवै टोलीले दुई-दुई खेल जितेको छ।

चितवनले एक खेलमा पराजय भोग्दा काठमाडौंले दुई खेलमा हार ब्यहोरेको छ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा उसले विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो।

काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो। चौथो खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो।

विराटनगरले पनि आज प्रतियोगिताको पाँचौं खेल खेल्दैछ। उसले अघिल्लो ४ खेलमध्ये तीन खेलमा विजयी हुँदै ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम राखेको छ।

अंक तालिकाको पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ। तीनमध्ये एक खेलमात्रै जितेको कर्णालीको २ अंक छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ मंसिर १२, ०७: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ मंसिर १२, ०७: २७

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

विश्वकपमा अस्ट्रिया र जोर्डन भिड्दै : दोस्रो चरणको आशा बलियो बनाउन दुवै टोलीलाई जितको खोजी
विश्वकपमा अस्ट्रिया र जोर्डन भिड्दै : दोस्रो चरणको आशा बलियो बनाउन दुवै टोलीलाई जितको खोजी
  • २०८२ मंसिर १२, ०७: २७

काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह जे को खेलमा आज बिहान अस्ट्रिया र जोर्डन आमनेसामने हुँदैछन्। अमेरिकाको क्यालिफोर्नियास्थित लेभिस रंगशालामा...