बंगलादेशमा ठूलो बस्तीमा आगलागी : १५ सय घर जले – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

बंगलादेशमा ठूलो बस्तीमा आगलागी : १५ सय घर जले

काठमाडौं।बंगलादेशको राजधानी ढाकाको सबैभन्दा ठूलो बस्ती कोराइलमा मंगलबार साँझ आगलागी भएको छ ।१,५०० भन्दा बढी घरहरू जलेर नष्ट भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।दमकल अधिकारी राशेद बिन खालिदले स्थानीय मिडियालाई बताए कि मंगलबार साँझ शुरू भएको आगो बुधबार दिउँसोसम्म नियन्त्रणमा आएको थियो। आगो यति गम्भीर थियो कि निभाउन १६ घण्टाभन्दा बढी समय लाग्यो।

खाना पकाउने सिलिन्डर विस्फोटका कारण आगो लागेको समाचारमा उल्लेख छ । बस्ती साँघुरो भएका कारण आगो एक घरबाट अर्को घरमा द्रुत गतिमा फैलिएको थियो । साँघुरो सडकका कारण दमकलका गाडीहरू भित्री भागमा पुग्न सकेका थिएनन् । कोराइल बस्ती १६० एकडमा फैलिएको छ र लगभग ८० हजार मानिसहरू बसोबास गर्छन् । आगलागीबाट हजारौं मानिसहरू घरबारविहीन भएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८२ मंसिर १२, ११: १३

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०८२ मंसिर १२, ११: १३

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०८२ मंसिर १२, ११: १३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...