बंगलादेशमा ठूलो बस्तीमा आगलागी : १५ सय घर जले – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बंगलादेशमा ठूलो बस्तीमा आगलागी : १५ सय घर जले

काठमाडौं।बंगलादेशको राजधानी ढाकाको सबैभन्दा ठूलो बस्ती कोराइलमा मंगलबार साँझ आगलागी भएको छ ।१,५०० भन्दा बढी घरहरू जलेर नष्ट भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।दमकल अधिकारी राशेद बिन खालिदले स्थानीय मिडियालाई बताए कि मंगलबार साँझ शुरू भएको आगो बुधबार दिउँसोसम्म नियन्त्रणमा आएको थियो। आगो यति गम्भीर थियो कि निभाउन १६ घण्टाभन्दा बढी समय लाग्यो।

खाना पकाउने सिलिन्डर विस्फोटका कारण आगो लागेको समाचारमा उल्लेख छ । बस्ती साँघुरो भएका कारण आगो एक घरबाट अर्को घरमा द्रुत गतिमा फैलिएको थियो । साँघुरो सडकका कारण दमकलका गाडीहरू भित्री भागमा पुग्न सकेका थिएनन् । कोराइल बस्ती १६० एकडमा फैलिएको छ र लगभग ८० हजार मानिसहरू बसोबास गर्छन् । आगलागीबाट हजारौं मानिसहरू घरबारविहीन भएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०८२ मंसिर १२, ११: १३

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०८२ मंसिर १२, ११: १३

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०८२ मंसिर १२, ११: १३

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...