
नयाँ विकल्प
काठमाडाै- जिल्ला प्रशासन कार्यालय ललितपुरलले विहिबार कर्फ्यू आदेशकाे घाेषणा गरेकाे छ ।
बुधबार ललितपुरकाे जावलाखेलमा राताे मच्छिन्द्रनाथको रथ यात्रा तान्ने स्थानीयलाइ निषेधाज्ञा जारी भएकाले भीँड नगर्न भन्दै प्रहरीले राेक्न खाेजेपछि सर्वसाधारण र प्रहरीबीच झडपले उग्र रूप लिएकाे थियाे । प्रहरी र प्रदर्शनकारी दुवै तर्फ घाइते भएका थिए ।
बुधबारकाे विवादलाइ लिएर पुनः विहिबार आन्दाेलन स्थानीयले प्रहरी र प्रशासनबिरूद्ध प्रदर्शन गरी शान्ति सुरक्षा भड्किन सक्ने सूचनाकाे आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु घाेषणा गरेकाे हाे ।
कर्फ्यु बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरपालिका क्षेत्रमा लागू गरिएकाे छ । प्रहरी तथा रथ तान्ने समुहवीच बुधबार भएकाे झडपमा केही प्रहरी घाइते भएका थिए ।
प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न तथा डिउटीमा रहेका प्रहरीमाथी कुटपिट र दुर्व्यावहार गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रण लिएकाहरूमा ललितपुर महानगरपालिका- १६ गावाहालका ४० बर्षीय महेश बज्राचार्य , वडा-११ बंगलामुखीका ३९ बर्षीय पृथ बिन्दु महर्जन, वडा- २१ का ३८ बर्षीय अशोज कुमार महर्जन , वडा- ६ का ३६ बर्षीय रवि शाक्य र वडा- १६का ४० बर्षीय रविन शाक्य रहेका छन् ।
त्यस्तै, महालक्ष्मी नगरपालिका -१ इमाडोल का ४३ बर्षीय सुविन शाक्य इमाडोलकै ४७ बर्षीय ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी-८ का ३२ बर्षीय श्याम श्रेष्ठ र काठमाडाै महानगरपालिका-१६ का ४०बर्षीय यादवलाल कायस्थ रहेकाे प्रहरीले जनाएकाे छ ।
उनिहरू सवैलाइ महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएकाे छ । गिरफ्तार गरिएका सबैकाे पिसिअार परीक्षण गरी मुद्धा चलाउने याेजना प्रहरीले बनाएकाे छ ।
काेराेन संक्रमणकाे दर उच्च हुँदै गएपछि नियन्त्रणकालागि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले मंगलबार मात्र दाेस्राे पटक निषेधाज्ञा थप्ने निर्णय गरेका थिए ।
स्थानीय प्रशासनले जारी गरेकाे निषेधाज्ञाकाे अटेर गरि तोड्दै स्थानीयवासीले रातो मच्छिन्द्रनाथको रथ जात्राको रथ तान्न थालेपछि प्रहरीले भिडभाड नगर्न आग्रह गरेकाे थियाे । प्रहरीकाे आग्रह विपरित भिडभाड बढदै गएपछि र निषेधाज्ञा विपरित रथ तान्ने क्रम नराेकिएपछि प्रहरीले राेक्न खाेज्दा झडप भएको थियाे ।
सयौं स्थानीयहरूको भीँडले रथ तान्न थालेपछि पुल्चोकको दमकल चोकमा प्रहरी र रथ तान्ने समुहविच झडप हुँदा प्रहरीले लाठी चार्ज गरेको थियो ।
निषेधाज्ञाकाे समयमा भिडभाड गरेर रथ तान्ने कार्य राेक्न स्थानिय प्रशासनले आग्रह गरेपनि स्थानीय युवाले अश्वीकार गरेपछि प्रहरीले क्याननबाट पानीको फोरोले भीँडलाई तितरबितर गर्न खोजेको थियो । भीँड नहटेपछि प्रहरीले अस्रुग्याँस समेत प्रहर भएकाे थियाे ।
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...