बाग्लुङ बाढी पहिराेमा मृत्यु हुनेकाे संख्या १४ पुग्याे ३८ जना अझै बेपत्ता – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बाग्लुङ बाढी पहिराेमा मृत्यु हुनेकाे संख्या १४ पुग्याे ३८ जना अझै बेपत्ता


नयाँ विकल्प,


गुल्मी- बाग्लुङको ढोरपाटनस्थित भुजी खोलामा आएको बाढी बगाएका १४ जनाको शव फेला परेकाे छ । बाढी र पहिराेले ३१ घर बगाउँदा ३८ जना बेपत्ता छन् ।

चारजना घाईतेलाई उद्धार गरेको छ । बाढीले क्षति पु्र्याएकाे क्षेत्रमा खाेजी तथा उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेनाकाे परिचालन गरिएकाे छ ।बाढीमा परेर ज्यान गुमाएका १४ मध्ये १२ जनाको शव पहिचान हुन सकेको छैन ।

मृतकमध्ये तीन बालक, एक बालिकासहित चारजना पुरुष र ६ जना महिला छन् । मृतक ढोरपाटन नगरपालिका–९ की २६ वर्षीया केशमाया बिक र अन्दाजी ४५ वर्षीय करबहादुर बिकको शव बाहेक अन्य १२ बटा सव चिन्न सक्ने अवस्थामा छैनन् ।

बाढी पहिराेले बगाएका सव क्षतविक्षत अवस्थामा फेला परेका छन् । बाढी पहिराेले ढाेरपाटन तटिय क्षेत्रका ७१ घरमा क्षति पुर्याएकाे छ ।

बाढीले बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का नारायण बिक, टेकमाया विक, टेकमायाकी एक बर्षीया छोरी, सोही ठाउँका मनिषा विक, शनि विक, रोशन विक, रवि विक, नाम नखुलेका १५ दिनको शिशु, मनकुमारी विक, केशमाया विक, प्रेम पुन, कुमारी विक, समुन्द्र विक, पुनम विक, जितबहादुर घर्ती, राजु घर्ती, करमती बुढा, रिनाकुमारी बुढा, दिमाया पुन, प्रकृति पुन, डोटी पुन, हेमबहादुर बिक, उजेली बिक, दलु विक, र १० महिनाको नाम नखुलेको बालक छन् ।

यसैगरी सोही स्थानका करबहादु बिक, हस्तमाया बिक, तुलमती घर्ती, कौशिला पुन, विशाल पुन, धनमाया बिक र पाउर हाउस बस्ने धनमाया विक अन्दाजी तीन वर्षको नाम नखुलेको एक बालक, सुप्राङ बस्ने वीरे विकको श्रीमती र दुई छोराछोरीसहित चारजनाको परिवार र गलकोट नगरपालिका–४ स्थायी घर भै ढोरपाटन घुम्न गएका नविन भण्डारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ भाद्र १८, २२: ४३

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र १८, २२: ४३

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र १८, २२: ४३

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...