केपी ओलीले महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

केपी ओलीले महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य

काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएकी छन् ।

एमालेको ११औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको उनले बताइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनैपनि नेतृत्वलाई महिलाहरूको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यंग्य पनि गरिन् ।

ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेविरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताइन् ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारीले चालेका कदमहरूमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरी परैदेखि धामीले जस्तो घुमरौ लाएर झर्ल्याङ्–झर्ल्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएका थिए । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।

उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन् । उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन् । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने उनको भनाइ थियो । ११औं महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको दाबी छ ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ मंसिर २३, १८: ५४

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ मंसिर २३, १८: ५४

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ मंसिर २३, १८: ५४

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...