केपी ओलीले महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

केपी ओलीले महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य

काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएकी छन् ।

एमालेको ११औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको उनले बताइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गर्ने गरेको उनको आरोप छ । उनले कुनैपनि नेतृत्वलाई महिलाहरूको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यंग्य पनि गरिन् ।

ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेविरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताइन् ।

महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारीले चालेका कदमहरूमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरी परैदेखि धामीले जस्तो घुमरौ लाएर झर्ल्याङ्–झर्ल्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएका थिए । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् ।

उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन् । उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताइन् । एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने उनको भनाइ थियो । ११औं महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको दाबी छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८२ मंसिर २३, १८: ५४

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०८२ मंसिर २३, १८: ५४

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०८२ मंसिर २३, १८: ५४

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...