जेनजी पुस्तालाई समर्थन गर्दै प्रचण्डलाई हराउने राजनले त्यागे आम निर्वाचन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
कांग्रेसका दुई हस्तीले सिकाए पुराना नेतालाई पाठ

जेनजी पुस्तालाई समर्थन गर्दै प्रचण्डलाई हराउने राजनले त्यागे आम निर्वाचन

काठमाडौं । त्याग तपस्या भन्ने कुरा जो कोहीले गर्न सक्दैनन् । राजनीतिमा लोभ र मोह त्याग्ने विश्वमा कमै व्यक्ति हुुन्छन् । तर नेपालको राजनैतिक वृत्तको शब्दकोषमा त झनै भेट्याउन मुश्किल नै पर्छ । विगत लामो अन्तरालमा नेपालका ठूला दलका शीर्ष नेताहरुमा त झनै पद र पैसा भनेको त नशा जस्तै देखिँदै आएको छ । पछिल्लो समय कांग्रेसभित्र यो रोग निकै जगडिएर गएको देखिन्छ । ऊर्जाशील र भिजन भएका नयाँ पिढीलाई त पुरानो संस्कार बोकेका बाउबाजेका व्याजको व्याज खान पल्केका नेताहरुले पार्टीमा नै छिर्न नदिने रोग त छँदैछ ।

यस पटक पनि यसो नहोला भन्न सकिँदैन । पार्टीलाई बन्धन बनाएर झूठको खेती गर्दै राजनीतिलाई नै उद्योग कारखानाको रुपमा परिणत गरिरहेका बेला भाद्र २३÷२४ को जेनजी आन्दोलनले थप्पड दिँदा पनि नचेतेका नेताहरु फेरि सल्बलाउँदै टिकट सिफारिस गराउन मरिहत्ये गरिरहेका बेला कांग्रेसका दुई हस्ती कांग्रेस केन्द्रीय सदस्य राजनकुमार केसी र धादिङका कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीले भने जेनजी आन्दोलनको मर्मअनुसार आफुलाई सच्याएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद पूर्व मन्त्री राजन केसी आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनमा उम्मेदावर नबन्ने भएका छन् । जेनजी आन्दोलन पश्चात बनेको सरकारले संघीय संसद विघटन गरी आउँदो फागुन २१ गते संघीय संसदको निर्वाचन गराउन लाग्दा सबै दलहरु निर्वाचनमा केन्द्रीत भएका छन् । यसै अनुरुप नेपाली कांग्रेसको केन्द्रीय समितिले १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी सिफारिस गर्न परिपत्र गरेको थियो । जसअनुसार काठमाडौंको १० वटा क्षेत्रीय समितिहरुबाट नाम सिफारिसको काम आजसम्मलाई समयसीमा तोकिएको थियो । निर्वाचन क्षेत्रका नामहरु पठाउनुपर्ने परिपत्र अनुसार आज सबै जिल्ला सदरमुकाममा सिफारिसहरु आउनेक्रम जारी रहेको बताइएको छ ।

जसअनुसार काठमाडौं क्षेत्र नं. १० का सांसद तथा चर्चित नेता राजन केसीले आफ्नो नाम सिफारिस नगर्न सार्वजनिक अभिव्यक्ति दिँदै अब संसदीय निर्वाचनबाट बिदा लिएको घोषणा गरेका हुन् । ६७ वर्षीय केसीले ३ पटकसम्म अत्येधिक मतका साथ निर्वाचित हुँदै आएका थिए । २०७० को आम निर्वाचनमा त तत्काली माओवादी शीर्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड)लाई नै हराएर चर्चित भएका थिए । २०६४ सालसम्म एमालेको गढको रुपमा रहेको उक्त क्षेत्र पछि कांग्रेसको गढ बनाउन केसीकै योगदान रहेको उक्त क्षेत्रका कांग्रेसी नेताहरु बताउँछन् ।

३ वटा स्थानीय तहमा पनि कांग्रेसकै जित हात पार्न सफल भएका केसी जेनजी आन्दोलनभन्दा पहिलेनै आफु संसदीय निर्वाचनमा नउठ्ने बताइरहेका थिए । जेनजी आन्दोलनपछि युवा पुस्तालाई पार्टी र सरकारको नेतृत्वमा पु¥याउनुपर्ने धारणा राख्दै आएका कारण कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन अगावै गराएर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा लागेर नियमित महाधिवेशन गर्न दवाव स्वरुप २५ जना केन्द्रीय सदस्यको हस्ताक्षर अभियानको अभियानकर्ता नै रहेका थिए ।

कांग्रेसको महाधिवेशन कुनै हालतमा पनि आम निर्वाचन अगाडि नै गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने अडान राख्दै आएका केसीले आफ्नो यो घोषणा राजनीतिमा एउटा सन्देश दिनकै लागि भएकोले पार्टीभित्र पनि युवाले नै नेतृत्व लिनुपर्ने बताउँछन् ।
संसदमा रहँदा पनि प्रष्ट र निर्धक्क विचार राख्ने केसी वाईडबडी खरिद प्रकरण छानविनमा पनि चर्चित सांसद हुन् । त्यसैगरी निवर्तमान कृषि मन्त्री तथा धादिङका कांग्रेस सभापति रामनाथ अधिकारीले पनि संसदको निर्वाचन नलड्ने घोषणा गर्दै क्षेत्र नं. २ बाट नाम सिफारिस नपठाउने भन्दै जिल्लाबाट पनि सिफारिस नपठाउने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८२ मंसिर २५, १७: ४१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८२ मंसिर २५, १७: ४१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८२ मंसिर २५, १७: ४१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...