एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै


काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ।

शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई नै पराजित गरेर लुम्बिनीले पनि फाइनलमा स्थान पक्का गरेको हो।

लिग चरणका सातमध्ये ६ खेल जितेर सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। उसले लिग चरणमा विराटनगरसँग मात्रै हार ब्यहोरेको थियो।

लुम्बिनी लिग चरणमा ७ मध्ये ४ खेल जितेर ८ अंक बनाउँदै तालिकाको चौथो स्थानमा रहेर प्लेअफ पुगेको थियो।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ मंसिर २७, ०७: ५२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ मंसिर २७, ०७: ५२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ मंसिर २७, ०७: ५२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...