
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन् ।
सन्दीपलाई आगामी सिजनका लागि बंगलादेशको राजशाही वारियर्सले टोलीमा अनुबन्ध गरेको हो।
राजशाही वारियर्सले सन्दीपलाई टोलीमा भित्र्याएको सार्वजनिक गर्दै ‘नेपालले खेल मात्र हेर्ने छैन, प्रतियोगिताको हिस्सा समेत हुनेछ’ भन्दै स्वागत गरेको छ। बिपिएलको यो सिजन पुस ११ गतेदेखि सुरु हुँदैछ ।
जम्मा ६ टोली सहभागी रहने प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप आबद्ध राजशाही वारियर्सले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। सन्दीपले आइसिसी टी–२० विश्वकपअघि बंगलादेशको फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यो उनको दोस्रो बिपिएल सहभागिता हो। यसअघि उनले सन् २०१९ मा सिलेट सिक्सर्सबाट बिपिएल खेलेका थिए।
सन्दीपले यसअघि भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, पाकिस्तानको पिएसएल, वेस्ट इन्डिजको सिपिएल, अफगानिस्तानको एपिएल तथा क्यानडाको ग्लोबल टी–२० लिग खेलिसकेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...