रोल्पाको टिकट सिफारिसमा महामन्त्री थापासँगै नयाँ अनुहार आचार्य – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

रोल्पाको टिकट सिफारिसमा महामन्त्री थापासँगै नयाँ अनुहार आचार्य

काठमाडौ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका जिल्ला कार्य समितिहरुले धमाधम सम्भावित आकाँक्षी उम्मेदवारुको नाम काङ्ग्रेस केन्द्रीय कार्यालयमा पठाउन थालेका छन । यसैक्रममा रोल्पा जिल्ला कार्य समितिले पनि आकांक्षीकाे टिकट सिफारिस गरि केन्द्रमा पठाएइको छ । यसरी सिफारिस पठाएको नामहरुमा युवा पुस्ताका चर्चित नेता एवम नेपाली काङ्गेसका महामन्त्री गगन कुमार थापालाई विषेश प्राथिमकताका साथ पहिलो नम्वरमा सिफारिस गरिएको छ ।

महामन्त्री थापाको यस्तै सिफारिस अन्य स्थानहरुवाट पनि आइरहेकोले झण्डै आधा दर्जन पुगिसकेको अवस्था भए पनि सम्भवत उनी काठमाडौको चार नम्वर क्षेत्रबाटै निर्वाचन लड्ने तयारी गरिरहेका छन । रोल्पा जिल्ला कार्यसमितिले पठाएको सिफारिसमा नेपाली काङ्गेसका वर्तमान लुम्बिनी प्रदेस सभापति अमरसिह पुनलाई दोस्रो नम्वरमा सिफारिस गरि पठाएको छ ,पुन पार्टिको विशेष महाअधिवेसनका अभियानकर्ता मध्ये प्रदेस सभापति पनि हुन । त्यसैगरि तेस्रो नम्वरमा युवानेता एवम नेविसँघका पुर्व केन्द्रीय महामन्त्री , उपाध्यक्ष भइसकेका महासमिति सदस्य मनोजमणि आचार्यलाई जिल्ला कार्यसमितिले टिकट सिफारिस गरेको छ ।

आचार्य २०४७ सालवाट काङ्ग्रेस को भातृ सँघ नेपाल विध्धार्थि सँघ ,बालकला माध्यमिक विद्यालयकाे इकाई अध्यक्ष बाट नेपाली राजनीतिमा होमिएका हुन । उनी २०५२ सालतिरै नेपाल विद्यार्थी संघकाे रोल्पा जिल्ला अध्यक्ष , २०६२ सालमा नेविसँघका केन्द्रीय उपाध्यक्ष , २०६४ मा केन्द्रीय महामन्त्री हुँदै २०७३ मा नेपाल विद्यार्थी सँघको केन्दिय अध्यक्षका प्रतिस्पर्दी उम्मेदवार समेत रहेका थिए । २०६० सालमा भएको नेपाली काङ्गेसको दशौं महाअधिवेसनदेखि हालसम्म निरन्तर महासमिती सदस्य हुँदै हाल विशेष महाअधिवेसनका लागि देशव्यापी अभियानकर्ता मध्येका युवा नेता रोल्पा जिल्लाको सामाजिक र विकास निर्माण कार्यमा पनि निकै अगाडि देखिन्छन् ।

वर्तमान जेनजी पुस्ता र जेन वाइ पुस्तामा चर्चित रहेका कारण काङ्ग्रेसभित्रको राजनीतिमा पुस्तान्तरण र हस्तान्तरणको अभियानका महानायक गगनका एक सारथिका रुपमा नेपाली राजनीतिलाई अगाडि वढाई रहेका छन । नेपाली काङ्ग्रेस रोल्पा जिल्ला कार्य समितिले सिफारिस पठाएको मध्ये जिल्लाका चिरपरिचित नेताहरुमा ज्ञान वहादुर वली र ई. डा.मन्दिप सुवेदी पनि काङ्गेसका लागि हस्ति मानिन्छन ।

त्यसैगरि प्रतिनिधि सभा समानुपातिक तर्फ सिफारिस पठाएका नेताहरुमा भिमकुमारी वुढामगर , पुष्पा श्रेष्ठ , मानवहादुर खत्री र मनिकला राना समावेशी अनुहारलाई समानुपातिक निर्वाचन प्रणालीका लागि नाम सिफारिस गरी पठाएको छ भने राष्ट्रियसभा निर्वाचनका लागि माधवप्रसाद आचार्य र झक्कुप्रसाद घर्ती मगरलाई पठाईएको जिल्ला कार्यसमितिले जनाएको छ ।

 

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८२ पुष १, १७: ४०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८२ पुष १, १७: ४०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८२ पुष १, १७: ४०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...