गाेंगबु हत्याकाण्ड : कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान, छाेरीलाइ सुधारगृह पठाइयाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

गाेंगबु हत्याकाण्ड : कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान, छाेरीलाइ सुधारगृह पठाइयाे

नयाँ विकल्प ,

काठमाडाैं-गाेगवु हत्याकाण्डका मुख्य आराेपी कल्पना मुडभरी पाैडेल पुर्पक्षकालागि जेल चलान भएकी छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

कृष्णबहादुर बोहरा हत्या अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाबोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको हाे ।

कल्पनाकी उनकी १५ वर्षीया छोरीलाई सुधारगृहमा पठाउन अदालतलेआदेश दिएकाे छ । अदालतकाे आदेश अनुसार कल्पनालाई केन्द्रीय कारागार पठाइएकाे छ भने छाेरीलाइ भक्तपुरस्थित बाल सुधार गृह पठाइएकाे छ ।

कल्पनाले गत २४ साउनमा रोल्पाका कृष्णबहादुरको हत्या गरेकाे स्विकार गरिसकेकी छन्। बोहराकाे शव घाँटी र खुट्टा काटिएको अवस्थामा प्रहरीले गोंगबुमा फेला परेको थियो । त्यसकाे भाेलिपल्ट कल्पना चितवनकाे शक्तिखाेर स्थित माइतीघरबाट पक्राउ परेकी थिइन् ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ भाद्र १९, १५: ५८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र १९, १५: ५८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र १९, १५: ५८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...