

नयाँ विकल्प,
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय आठ र देशभर एक हजार ४१ जनामा संक्रपित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभर थपिएका एक हजार ४१ जना संक्रमितमध्ये काठमाडौं जिल्लामा तीन सय २६, ललितपुर जिल्लामा ३७ र भक्तपुर जिल्लामा ४५ जना संक्रमित थपिएका छन् ।
शनिबार थपिएका सहित काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय पुगेको छ । शुक्रबार मात्र काठमाडौंमा तीन सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको हो । मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा पर्षाका ७५ वर्षे, महोत्तरीका ७८ वर्षे, काठमाडौंका ४१, ५९ र ६५ वर्षे तीन जना र रुपन्देहीका ४० वर्षे एक पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा शुन्य ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा एकैदिन सर्वाधिक १४ जनाको कोरोना एकै दिन शुक्रबार मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ हजार चार सय ७३ को स्वाब परीक्षण गर्दा तीन सय ४९ महिला र छ सय ९२ पुरूष गरी थप एक हजार ४१ मा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या नेपालमा ४५ हजार नाघेको छ ।
प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका ३ जना, ओखलढुंगाका २ जना, झापाका ७ जना, मोरङका ३५ जना र सुनसरीका २० जनामा कोरोना पुष्टि भएको छ ।
धनुषाका ७ जना, पर्साका १० जना , बाराका १३ जना, महोत्तरीका २६ जना, सप्तरीका २० जना, सर्लाहीका १७ जना र सिरहका ४१जनामा र काभ्रेका ६ जना, चितवनका ४५ जना, दोलखाका ६ जना, धादिङका १० जना, नुवाकोटका एक जना, रामेछापका ५ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, शनिबार नै कास्कीका २३, गोरखाका १७, तनहुँका ३ नवलपरासी पूर्वका ५, पर्वतमा एक, लमजुङका २२ , बाग्लुङका ६ र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
अर्घाखाँचीका एक, कपिलवस्तुका एक, गुल्मीका ६, दाङका ३९, नवलपरासीका १३, पाल्पाका ३,प्युठानका एक, बर्दियाका ७, बाँकेका ६२, रुपन्देहीका ७१ र रोल्पाका एकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशका जाजरकोटका ३, दैलेखका ३, सल्यानका २,सुदूरपश्चिम प्रदेशका कंचनपुरका ५, कैलालीका ४, डडेल्धुराका एक, डोटीका २ र बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...