ससदीय राजनीतिमा सांसदको अवस्था, योग्यता र ल्यागत एक विश्लेषण – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper

ससदीय राजनीतिमा सांसदको अवस्था, योग्यता र ल्यागत एक विश्लेषण

संसद जनप्रतिनिधि हुन । नेता मात्र नभएर कानुन निर्माता पनि हुन साच्चै भन्नुपर्दा देशको भाग्य निर्माता मानिन्छन् । किनकी, हजारौँको संख्यामा छानिने एक पात्र ! सांसदलाई देखिँदा गरुँगो जिम्मेवारी वोकेका भरपर्दो मान्छेको रुपमा चित्रण गरिन्छ । त्यसैले उनी सबैका आदरणीय माननीय हुन्छन् । हाम्रो देशमा मानका खातिर उनलाई माननीय भनिन्छ । यस्तो ओजिलो गरुँगो व्यक्ति हाम्रो देशका निकै सस्तो रुपमा विकसित हुँदै गएको छ ।
आज झुपडी देखि महल सम्मका, फुटपाथ देखि घराना सम्म, औंठा छाप देखि बिद्यावारिधीसम्म, जेन्जीपुस्ता देखि वृद्धसम्म समाजका अनेक व्यक्तिको दावीको पद वन्न पुगेको छ सांसद ।

समाजले नरुचाएका नेताका अनुकुलताका मान्छे संसदमा पुगेका र उनीहरको औकात देखेका बुझेका मानिसले यसलाई सस्तो रुपमा बुझे । यो ठाउमा जस्तो मानिस,पनि पुगे हुदो रहेछ भन्ने आम धारणा वनेका कारण जोकोही पनि यो पदको लागि दाबी गरेको हुन् भन्नुमा अत्युक्ति नहोला । अहिलेको अवस्था जनताले सांसद भनेर नचिनु भनेर कतिपय सांसद्हरुले आफूलाई संसदको लोगो लाएर हिँड्न समेत लाज मान्ने परस्थिति निर्माण भएको छ ।

आफूलाई नैतिकमूल्यमा तौलन चाहनेले व्यक्तिले संसदमा दावी गर्न समेत छाडेका आजको अवस्था छ । अहिले कलाकार देखि व्याङ्गकारसम्म चेलिबेटी देखि सेलिबेटीसम्म गायक देखि नायकसम्म अभियन्ता देखि युट्युवेसम्मले अरुलाई गालिगलौज गर्न पोख्त योग्यता भएका व्यक्तिहरु सांसदका लागि छनोट सूचीमा पर्नुले राजनीति नभइ लाजनीति भएको हुँदा जोकोइले पनि खेल खेल्न सक्छ सो ठाउँमा पुग्न सक्छ भन्ने आम धारणाको विकास हुँदै गएको छ ।

सांसद् किन बन्ने भन्ने ज्ञान हुन पनि नपर्ने, सस्तो देखि महँगो भाउले खरिद विक्रि हुने,नातावाद कृयावादले पनि पाउन सक्ने सस्तोमा अति सस्तो मूल्यहिन बनिरहेछ सांसद । वास्तवमा नेपाल जस्तो विकासोन्मुख देशमा सांसद सदस्य हुने मानिसको दायित्व अति महत्वपूर्ण हुन्छ । संसद सदस्यको रूपमा, तिनीहरूको मुख्य जिम्मेवारी हुन्छ । देशको विकास र प्रगतिको लागि काम गर्नु, जनता र देशको हितमा निर्णय लिनु, र सरकारको नीति र कार्यक्रमहरूको मूल्यांकन गर्नु । सांसद सदस्यले देशको विकासको लागि काम गर्ने योजना तय गराउन सक्ने क्षमता हुनुपर्छ, जसमा अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, र अन्य क्षेत्रहरूको बारेमा साधारण ज्ञान र रणनीति आवश्यक पर्छ ।

जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भएकोले जनताका समस्या र मागहरूलाई सरकार समक्ष लैजाने उनीहरुको मुख्य कर्तव्यमा पर्दछ । संसद सदस्यले सरकारको नीति र कार्यक्रमको मूल्यांकन गर्छन् सरकारवाट प्रस्तुत कार्यक्रम देशको हितमा छन् कि छैनन् भनेर निक्यौल गर्ने काम सांसदको क्षमतामा निर्भर रहन्छ, भने जनता र सरकारबीचको पुलको काम बन्ने सांसदको मुख्य जिम्मेवारी हुन्छ ।

संसद सदस्यमा देशको संविधान र कानूनको रक्षा गर्नुपर्ने अहं भूमिका रहन्छ । कानूनको पालना गराउने जिम्मेवारी उनीहरुमा नै हुन्छ । जनताप्रति उत्तरदायी भएर उनीहरूको समस्याको बारेमा जानकारी लिएर समाधानको बाटो खोजेर जनतालाई खुसी राख्नुपर्ने संसदले नै हो । सरकार संसद जनताबीचको पुलको रुपमा रहेर सेवादिनु संसदको कौसलतापूर्ण काम हो ।

यस्तो महत्वपूर्ण जिम्मेवार वोकेका संसद देश र जनताको भाग्य निर्माणका लागि अहं भूमिकामा रहने संसद वन्न स्वयं व्यक्तिले पटकपटक सोचेर आफू यसको लागि योग्य भएको स्वमूल्याकंन गरेर मात्र अगाडि बढ्नुपर्ने हुन्छ ।
राजनीति पार्टीको पनि गुटले संसद सदस्य सिफारिस गर्न थालिएकोले यसलाई स्वार्थ सिद्धका लागि प्रयोग गरिएको हुँदा देश निर्माणका लागि विभिन्न वर्ग क्षेत्र समुदायका योग्य व्यक्ति छनोटमा जनताले नै ध्यान पु¥याउन आवश्यक छ ।
धमिलिएको राजनीति सुदृढीकरणतर्फ लागेमा मात्र विकृत राजनीतिले मुक्ति पाउनेछ ।

अहिले नेपालको सन्दर्भमा सांसद हुनेले पालना गर्नुपर्ने कर्तव्यवारे वुधागत रुपमा केही महत्वपूर्ण कर्तव्य यहाँ देखिन्छ ।
निकै ठूलो राजनीतिक परिवर्तनपछि नेपालको संविधान २०७२ बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्णरुपले कार्यान्वयनमा पहल गर्न सदा तत्पर रहनुपर्ने हुन्छ । विगतका अनुभवको आधारमा कुनै संविधान संसोधन गर्नुपर्ने भएमा प्रयत्न गरिरहनु पर्ने हुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा वजेट राखे भनेर गौरव गर्ने मात्र होइन समानुपातिक तवरले देशभर योजना जाने नीतिको पहल गर्नुपर्ने हुन्छ । विकासका निमित्त जनआवाज सुनेर योजना वनाउन पहल गर्ने वातावरण वनाउन सक्नु पर्छ । संविधानले व्यवस्था गरेको नागरिकका मैलिक हक अधिकार, प्रदेश सरकारका अधिकार ,संघीय सरकारका अधिकार सुरक्षित गर्दै संघीय कानुन निर्माण गर्ने संविधानले व्यवस्था गरेका सवै आयोगहरुका अधिकार र कर्तव्य जोडेर संघीय कानुन निर्माणमा प्रयत्नशील रहने ।

योजना माग्न मन्त्री र मन्त्रालयको पछि लाग्ने होइन मन्त्रालयनै जनप्रतिनिधि समक्ष आएर जनचाहना पैल्याएर जनता खुसी हुने काममा दत्तचित्तले समर्पण रही काम गर्न सक्ने ल्यागतको हुन जरुरी छ । वजेट योजना विनियजन गर्दा गरिव विपन्न निमुखाको किसान मजदूर श्रमिकका क्षेत्रलाई प्रथम प्राथमिकता दिएर मात्र अन्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ । तर, विगतमा यस्तो भइरहेको छैन । शिक्षा शीपमूलक, स्वास्थ सेवा निशुल्क गर्ने, रोजगारी गरेर खान पाउने र बाँच्न पाउने जनताको अधिकारको प्रत्याभूति दिलाउन सक्नुपर्छ ।

देश एकपटक सुकुम्वासी मुक्त वनाउनूका साथै सबै नेपालीको आफ्नो स्वमित्वको आवास हुने कानुन वनाएर कार्यान्वयन गर्ने व्यवस्था सांसदले गर्नुपर्छ । भ्रष्टाचारले रन्थनिएको देशको अवस्था भ्रष्टाचार न्यून गर्न पहल गर्दै मेरो सांसद पद भष्टाचार मुक्त छ भन्ने विश्वास दिलाउन सक्ने तागत भएको सांसद हुन जरुरी छ । भष्टाचारीको विरुद्धमा औंला उठाउन सक्ने, राष्ट्रिय अन्तराष्ट्रिय जगतमा देशको इज्जत वढाउन सक्ने भूमिका भएको हुनुपर्छ । नेपालमाथि भएको अन्तर्राष्ट्रिय प्रभाव वुझेर आँकलन गरेर देशलाइ तटस्त राख्दै सबैखाले विदेशी दवावको प्रतिकार होइन समन्वय गर्न सक्ने क्षमताको सांसद, सांसद हुन सक्नुपर्छ । देश विरुद्धमा भएका षडयन्त्र र हुन सक्ने हानी नोक्सनीको आरोप प्रत्यारोप गर्ने होइन सालिन र भद्र तवरले समाधान गर्न सक्ने सांसदहरुको जमघटले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र दीगो रहने हुँदा संसदीय पद्धति भएको संसद नै आजको आवश्यकता हो ।

यी क्षमता भएका सांसदले मात्र अहिलेको धमिलिएको राजनीति सुदृढीकरण तर्फ लान सक्छन् । अनि मात्र मुलुक र विकृत राजनीतिले मुक्ति पाउन सक्नेछ ।
अहिले यतिबेला नेपालमा आगामी निर्वाचनका लागि पार्टीका क्षेत्रदेखि केन्द्रले सिफारिस गरेर वन्दसूचीमा पर्ने र भावी दिनहरुमा पार्टीहरुले दिने सांसदहरु यिनै गुण, क्षमता र ल्यागत भएकाहरु संसदमा आउलान् त ?
(लेखक पूर्व नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका कार्यबहाक सभापति तथा प्राध्यापक हुन् ।)

सम्बन्धित समाचार

संविधान संशोधनका लागि गठित कार्यदलले कानुनविद्सँग गर्‍यो छलफल
संविधान संशोधनका लागि गठित कार्यदलले कानुनविद्सँग गर्‍यो छलफल
  • २०८२ पुष २२, १५: ४५

काठमाडौं : संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल–२०८२ ले सोमबार संविधान र कानुनविद्हरूसँग छलफल गरेको छ। प्रधानमन्त्रीका राजनीतिक...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०८२ पुष २२, १५: ४५

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०८२ पुष २२, १५: ४५

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...