
नेपाली कांग्रेस यतिबेला इतिहासको संगिन मोडमा उभिएको छ, हुन त नेपाली कांग्रेस आफैमा लोकतान्त्रिक पार्टी हो । इतिहासलाई निहालेर हेर्ने हो भने जब–जब देशमा असहज परिस्थिति सिर्जना हुन्छ, त्यसलाई समालेर अगाडी बढ्ने क्षमता नेपाली कांग्रेसमा छ । यसो हुनुको मुख्य कारण नै कांग्रेसभित्र वहस र छलफल घनिभूत हुन्छ र वदलिदो परिस्थिति र समस्यालाई ध्यानमा राखेर गरिएको निर्णयले पार्टीलाई समय अनुकुल अगाडी बढ्न पु¥याइरहेको इतिहास साक्षी छ । त्यसैले त नेपाली कांग्रेस नेपाली जनताको मनमस्तिष्कमा कैद भइरहेको छ । कांग्रेस त्यो हो जसले २००७ सालको सफल आन्दोलनबाट जनतालाइ रैतीबाट मुक्त गरेको शक्ति हो २०१४ सालको विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गरी २०१५ सालको आम निर्वाचनमा दुइतिहाई मत ल्याएर सरकार गठन गर्न सफल भएको थियो ।
तत्कालिन अवस्थादेखी चाहे २०३६, २०४२, २०४६, २०६२/०६३ का सबै जनआन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
इतिहासमा पहिलो चोटी होला नेपाली कांग्रेस आफै सत्तामा रहेको वेलामा नयाँ जेनेरेसन जेनजीको आव्हानमा भएको दुइदिने आन्दोलनले देशको राजनैतिक अवस्थामा परिवर्तन गर्दै देशलाई नया अभियानमा उभ्यायो । त्यो कहालीलाग्दो परिस्थितिको व्याख्या गरेर अब समय खेर फाल्नु हुँदैन । तर देशको आर्थिक विकास र राजनैतिक संस्कारमा परिवर्तन ल्याउनको लागि यस्तो आन्दोलन आवाश्यक थियो र भयो पनि । आन्दोलनमा भएको भौतिक संरचनाको क्षति र महत्वपूर्ण दस्तावेज भएको निकायमा भएको आगजनी र आन्दोलनरत युवाहरुमाथि वरवरतापूर्ण आक्रमणको जति निन्दा गरेपनि पूर्ण हुँदैन । भदौ २३ र २४ गते देश र जनताको लागि अक्षम्य पिडा, चोट र वेदनाको दिन बिर्सन सकिँदैन ।
जेनजी आन्दोलन, आन्दोलनकारीको रुपमा सफल भएको तर आन्दोलन पछिको व्यवस्थापन भने असफल भएको जस्तै बनेको छ । देशको विशम परिस्थिति र बदलिँदो राजनीतिक परिस्थितिमा देशको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनलाई समय अनुकुल बनाउन र नेपाली काँग्रेसलाई सुदृढ बनाउन पनि नेपाली कांग्रेसले महत्वपूर्ण निर्णय लिनुपर्ने अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महसुस गरेर देशभर छरिएर रहेका नेपाली कांग्रेसका शुभचिन्तकहरु जुर्मुराइरहेका छन् नीति नेतृत्व परिवर्तनका लागि, यो स्भाविक हो ।
गाउँ, टोल र नगर हुँदै सहरमा रहेका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पार्टीको परम्परागत शैली र जेनजी जेनेरेसनमा पार्टीप्रतिको घट्दो आकर्षणलाई कसरी चिर्ने भनेर कौतुहलता जाग्नु स्वाभाविक हो । यही विषम अवस्थामा सिंगो पार्टीलाई कसरी नया पिढीसँग जोडेर स्थापित गर्न सकिन्छ भनेर देशभर रहेका महासमिति सदस्यहरुबीच छलफल हुनु समय सान्दर्भिक विषय हो । यो विषय यस्तो वेलामा उठेको छ, केन्द्रमा केन्द्रीय महाधिवेशन हुनुपर्ने बेलामा पनि १५औ महाधिवेशनबारे वहससम्म हुन नसकिरहेको अवस्थामा पार्टीको तल्लो निकायबाट उठेको आवाज केन्द्रीय समिति भन्दा माथिलो निकाय महाधिवेशन प्रतिनिधिहरु मार्फत नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा ब्यबस्था भएअनुसारको ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरले विशेष महाधिवेशन माग गर्न पाउने अधिकार प्रयोग गरी ५४.५८ प्रतिसत सदस्यको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा विधिवत दर्ता गरिएको विषय हो ‘विशेष महाधिवेसन’ ।
पार्टीभित्र “विशेष महाधिवेसन” माग गर्नुको प्रमुख कारण नै संवेदनशील र एैतिहासिक घडीमा पार्टीभित्र आन्तरिक एकतालाई मजवुत बनाउन र पार्टीभित्र नविन उर्जा भर्न जनभावना अनुरूपको नीति निर्माण गर्न विशेष महाधिवेशन बोलाइएको हो । पार्टीको विधान र विधानसंवत तरिकाबाट प्रक्रिया पुरा गरी विधिवत ढंगले केन्द्रीय कार्यालयमा दर्ता गरिएको विधान अनुरुपकै समय मितिमा गरिन लागिएको विशेष महाधिवेशन असान्दर्भिक र औचित्यहीन भनेर मिडियामा ट्रोल गरिनु जिमेवार व्यक्तित्वहरुले सुहाउने विषय होइन । यस्तो परिस्थितिमा केन्द्रीय समितिको वहुमतको निर्णय यस्तो छ र यो वा उ भनेर जनस्तरवाट उठेको विषयलाइ विषयान्तर गर्नुभन्दा जुन प्रतिनिधिको मतदानवाट केन्द्रीय समिति वनेको छ तीनै प्रतिनिधिहरुले बोलाएको विशेष महाधिवेशनमा केन्द्रीय समितिले नै अपनत्व लिएर विशेष महाधिवेशनलाई टुंगोमा पुर्याउनुपर्ने अहिलेको मुख्य आवश्यकता हो ।
आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलगायत सम्वन्धित पक्षले देश विदेशबाट काठमाडौं आएका प्रतिनिधिहरुको भावनालाई सम्मान गर्दै पार्टीहितको पक्षमा यो र त्यो नभनी कार्यक्रममा उपस्थित भएर विशेष महाधिवेशनलाई सफल बनाउने मात्रै होइन, पार्टीलाई आन्तरिक रुपमा मजवुत र सुदृढ वनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने नै छ भन्नेमा हस्ताक्षरकर्ता र विशेष महाधिवेशनमा भेला हुने सवैको विश्वास रहेको हुनुपर्छ ।
विशेष महाधिवेशन वर्तमानमा वदलिएको राजनैतिक मार्गमा कांग्रेसलाई बदलेर अग्रगामी छलाङ्ग मार्दै बदलिएको देशको आर्थिक र सामाजिक परिवर्तन र राजनैतिक स्थायित्वका लागि मात्रै नभएर कांग्रेस एउटा राजनैतिक पार्टी मात्रै होइन लोकत्रन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला पनि हो । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसको वैचारिक स्पष्टता, संगठानात्मक एकता घोषित निर्वाचनभन्दा अगाडी नै हुनु जरुरी छ ।
पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित हुँदै जस्तोसुकै कठिन अबस्थामा पनि पार्टीलाई एकढिक्का राख्न कटिबद्ध, प्रतिबद्ध नेता तथा कार्यकर्ता वनाएर निर्वाचनमा होमिनको लागि हो । किनकी विगतका निर्वाचनमा यो र त्यो को नाममा कांग्रेसमा मतभेद थियो र त्यसलाई चिर्न पनि आवश्यक छ, त्यसका लागि यो आवहान भएको हो विशेष महाधिवेशन ।
कुनै प्रासंग र कारणमा पनि कांगे्रस बलियो बनाउन गरिएको सकारात्मक अभियानलाई नेपाली कांग्रेस तोडन र फोडन लागी विशेष महाधिवेशन हो भनि अफवाह फैलानु भनेको सवल र सुदृढ कांग्रेस भएको देख्न नचाहने तर कांगे्रस बनेर आफ्नो स्वार्थसिद्ध गर्न चाहने तत्वहरुले चलाएको हल्ला मात्रै हो यसमा सत्यता छैन ।
नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रता स्थापित गर्न र देशमा देखिएको समसामयिक राजनैतिक चुनौतीबारे पनि पार्टीभित्र वहस हुनु जरुरी थियो र त्यसलाई विशेस महाधिवेशनमार्फत सम्बोधन हुँदैछ वर्तमान राजनैतिक परिदृश्यमा नेता को जोगिन्छ को जोगिदैन भन्दा पनि पार्टी जोगिन्छ कि जोगिदैन भन्ने कुरा महत्वपूर्ण विषय हो । नेपाली काँग्रेसलाई सुदृढ बनाउन, जनभावना अनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वले मात्रै अहिलेको संवेदनशील र ऐतिहासिक घडीमा पार्टीभित्रको आन्तरिक एकतालाई मजवुत बनाउन र पार्टीलाई नविन उर्जा भर्न जरुरी छ र यसको लागि नै विशेष महाधिवेशन अहिलेको आवश्यकता हो ।
हामी सवैको साझा प्रयास र सहभागिताबाट नेपाली कांग्रेसलाई थप जिमेवार वलियो र जनमुखी वनाउन सक्छौं । विशेष महाधिवेशन बदलिएको समयको माग हो विभाजनको खेल हैन यसले काँग्रेसलाई बदलेर देशको राजनीतिक अवस्था बदल्न ऐतिहसिक भूमिका खेल्नको लागि विशेष महाधिवेशन पक्कै सफल हुनेछ हार्दिक शुभकामना । जय नेपाल
(लेखक सुवेदी नेपाली कांग्रेस कतारका महासमिति सदस्य हुन्)
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...
रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...