
नेपाली कांग्रेस पार्टीको पुरानो सँस्थापन पक्षभित्र टिकट पाउने र नपाउने विचको अन्तरद्धन्द र सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्म विशेष महाअधिवेशनविरुद्ध रिटदेखि निवेदन लिएर नारावाजी गर्दै पुगेका नेताहरु यतिबेला गगन कुमार थापाको हस्ताक्षरबाट पार्टीकाे आधिकारिक उम्मेदवारका रुपमा आम निर्वाचनमा होमिएका छन् । नेपाली काङ्ग्रेसको विधानको धारा १७ (२) अनुसार पैाष २७ देखि ३१ गतेसम्म सम्पन्न विशेष महाअधिवेसनमा वहुमत प्रतिनीधिहरुले नीति र नेतृत्व समेत परिवर्तन गरी गगन विश्वकाे नेतृत्वलाई सर्वसम्मत रुपमा निर्वाचित गराएका थिए । नेतृत्व चयनपश्चात् केन्द्रीय समितिदेखि अधिकाँस नयाँ अनुहारले आम निर्वाचनमा विना शुल्क नेतृत्व प्राप्त गर्ने अवसरको सुनिश्चिता वन्दै गएको छ ।
परिवारवादको हावी बन्दै जाँदा एउटै व्यक्ति केन्द्रीय समितिदेखि निर्वाचनको टिकटसम्म लिनेदिनेसम्मको हालिमुहाली निकै लामो समयसम्म रहिरहँदा ठुला पार्टीप्रति आम जनताको मोह : भङ्ग हुँदा इमान्दार व्यक्तिहरुमा वितृष्णा पैदा भएकोले नै काङ्ग्रेससँग टाढिदै गएका थिए । जो हिजोदेखि काङ्ग्रेस समर्थकहरु थिए तिनिहरु पनि काङ्ग्रेसको विशेष महाअधिवेसन पछि बिस्तारै फेरि काङ्ग्रेससँगै नजिकिदै आएको पाईन थालेको छ । पुर्वदेखि पश्चिमको दार्चुलासम्मका नेतागणका गुटउपगुट पदाधिकारीहरुले काठमाडौमा अड्डा जमाएर वसेका र काठमाडौका केही युवा नेताहरुलाई विभिन्न आश्वासन बाँडेर टिकट दिलाउने ठेक्का लिएर विभिन्न फाईदा लिए तर टिकट दिलाउन सकेनन् किनकि यतिवेला कुनै खरिद विक्रि गर्ने एजेन्ट नियुक्ति हुन पाएन । ती विचरा नेताहरुले आफ्नै टिकट सुरक्षित गर्न धैा धैा परेका वेला अरुहरुको लागि कसरी दिलाउन सक्नु ! ठेक्का लिएकाहरु रातारात निर्वाचन क्षेत्रतिर टाप कसेपछि राजधानीमा पदिय दायित्वमा वसेका उर्जाशिल युवाहरुको एकाएक मद्यपानमा वृद्धिभई रातको समयमा दिमागि सन्तुलन गुम्दा सामाजिक सँजालमा टिकट पाउनेमाथि खनिएका देखिन्छन ।
देउवा कार्यकालमा पुरानो सँस्थापनका दर्जनैा नेताहरुले आफू निकट व्यक्तिहरुलाई टिकट वितरणमा आर्थिक लेनदेन गरेर टिकट विक्रिको आरोप यस पटकवाट अन्त भएको हुदा आम जनतामा केही भरोसा पलाएको देखिन्छ । तर पुरानो सँस्थापनका केही नेताहरु भने नेपाली कांग्रेस पार्टीमा विवाद भएकोले निर्वाचन आयोग
पछि अदालतमा मुद्दा हुदाहुदै पनि निर्वाचनमा असर नपरोस भनेर उम्मेद्वार छनौटमा सहमति गरिएको ,
कांग्रेसजनले “रूख चिन्हमा” निर्विवाद मत माग्ने वातावरण वनाईएको, वहस चलाईरहेको भएता पनि केही यथास्थितिवादि र देउवा गुटवाट मनग्गे फाईदा कमाई रहेकाहरुको भने निद हराम भएको वुझ्न कठिन छैन । विशेष महाअधिवेसनवाट नव निर्वाचित पार्टी सभापति गगन कुमार थापा माथि विभिन्न आरोप थुपारेर मालिकलाई खुसि पारिरहेको सामाजिक सँजालमा छताछुल्ल नै छ ।
प्रतिपक्षि पार्टिहरुसँग जोडेर काठमाडौ वाट भागेर मधेश छिरेको , पार्टि हाईज्याक गरेको लगायत आरोप लगाउदै गगन कुमार थापाले दस्तखत गरेर पाएको टिकटवाट चुनाव लडिरहेका पुर्व सँस्थापनका काङ्ग्रेस नेताहरुले करिव दसवर्षमा पार्टिको इज्जत , शाख र ईतिहासलाई धुलिसात वनाएको कारणनै पार्टिभित्र विस्फोटको ज्वालामुखि फुटेकालेनै विशेष महाअधिवेसन भएको भनेर वुझ्न नसक्नु र वुझेर पनि गर्धन फुलाएर गगन विश्र्वलाई गालि गरेको देख्दा लाग्छ यिनिहरु सच्चा लोकतन्त्रवादी हुदै होइनन् हुन सक्दैनन् । सच्चा लोकतन्त्रवादी हुन त सामान्य राजनैतिक सँस्कार झुल्कन पर्छ हैन र ?
पार्टीभित्र कुनै मतभेद नभएकोले सबैको ध्यान निर्वाचनतिर केन्दित हुनुपर्ने लगायत आफैले हुर्काएको नव पालुवालाई निमोठेर वैरीको गुनगान गाउनुले व्यक्तिगत चरित्र त उदाङ्गो त भएकै छ तथापी पार्टि र पार्टिका तमाम शुभचिन्तकलाई समेत पुर्याएको आघातले भविष्यमा माफ पाउने छैनन । काङ्ग्रेसलाई वहुमत ल्याउनमै केन्द्रित हुनुपर्ने वहस छेडखान गरेर परिवर्तनलाई आत्मसात नगर्ने हो भने अब यी र यस्ता पात्रहरुलाई नेपाली राजनीतिले सधाका लागि विदा गरिदिनु पर्दछ । कठिन अवस्थामा उठाएको राजनैतिक जोखिमले तुरुन्तै सत्ता र पदमा नपुर्याए पनि राजनैतिक भविष्य उज्वल वनाउन सके फेरि जेनजी पुस्ताले रगत वगाउनु पर्ने छैन ।चक्रपथ नजिकै आलिसान महलमा खोलिएका राजनैतिक कारखानामा आक्रमण हुनेछैन, त्यहाभित्र भएका अति वहुमुल्य वस्तुहरु जल्ने छैनन , गालैगालामा डाम वस्नेगरि थप्पड खानु पर्नेछैन , सिआइवि, अख्तियार र सम्पति सुद्धिकरणले आँखा गाड्ने छैनन्।भविष्यमा राजनैतिक व्यक्तिको सम्मान हुनेछ ।
भावी प्रधानमन्त्रीका रुपमा गगनकुमार थापालाई पार्टिले अगाडि सारेपछि सवैको ध्यान केन्दित हुनुपर्ने र पार्टिको पुरानो शाख २०५६ को जस्तो इज्जत फर्काउन सके मात्र दस वर्ष भित्र पार्टिको विधान मिच्दै गरेका अनेकअकरमण्यता दुर हुनेछ र दुर दराजमा रहेका तमाम लोकतन्त्रवादिहरुको दुखेको चित्तमा मलामपट्टि लाग्नेछ अन्यथा कसैलाई पनि ईतिहासले माफ नगर्न सक्छ , विगतको पाठले यहि सिकाउछ हैन र !
भाद्र २३/२४ को जेनजी आन्दोलनको भावना र मर्म नवुझ्ने भुल गरेर समयले मागेको युवा पुस्तामा पार्टी मात्र हैन देसकै वागडोर समाल्ने अभिभारा सुम्पने यो सुवर्ण अवसरलाई नगुमाई युगान्तकारी परिवर्तनको फड्कोलाई पार लगाउन सके लागेको कालो दाग पनि इतिहासमा सच्चेर आउने छ । अस्तु !
काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...
काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...
काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...