यमुनामाई गाउँपालिकामा किर्ते कागजात प्रयोग गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको प्रयास – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

यमुनामाई गाउँपालिकामा किर्ते कागजात प्रयोग गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको प्रयास

-प्रेमचन्द्र झा

रौतहट : रौतहट  यमुनामाई गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। गाउँपालिका अध्यक्ष महमद सउदले राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने प्रयासमा किर्ते तथा नक्कली कागजात प्रयोग गरिएको आशंकाले स्थानीय तह नै तरंगित बनेको छ।

केही दिनअघि स्वास्थ्यतर्फ कार्यरत दुई फरक–फरक जुनियर कर्मचारीलाई सरुवा सहमति दिएको भन्दै तयार गरिएका पत्रहरू सामाजिक सञ्जालमा भाइरल भएपछि प्रकरण बाहिर आएको हो। ती पत्रहरू २–३ हप्ताभित्रै राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाउने उद्देश्यले तयार गरिएको आशंका गरिएको छ।

विवादित पत्रहरूबारे प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालसँग बुझ्दा ती कागजात पूर्ण रूपमा किर्ते र नक्कली रहेको खुलेको छ। पालका अनुसार पत्रहरूमा प्रयोग गरिएका चलानी नम्बरहरू दोहोरिएको पाइएको छ र यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको छ।

उनले अध्यक्ष सउदले वडा नम्बर १ का वडाध्यक्ष नन्दलाल राय यादव र राम श्रेष्ठ राय यादवसँग मिलेमतो गरी गाउँपालिकाको लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएका छन्। पहिले नै प्रयोग भइसकेका चलानी नम्बर राखी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा फरक–फरक आशयका पत्र पठाइएको प्रमाण भेटिएको पालको दाबी छ।

गाउँपालिकाको चलानी नम्बर ४२० मिति २०८२/०८/१६ मा राय प्रतिक्रियासहित कागजात पठाइएको अभिलेख चलानी रजिस्टरमा देखिए पनि उही चलानी नम्बर प्रयोग गरी मिति २०८२/०८/१९ मा फरक विषयको अर्को पत्र मन्त्रालयमा पठाइएको विषय सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

यसैबीच, मिति २०८२/०९/०५ मा कार्यालय बाहिर बसेको भनिएको कार्यपालिका बैठकबारे आफूलाई कुनै जानकारी नरहेको पनि प्रमुख प्रशासकीय अधिकृत पालले बताएका छन्। उक्त बैठकबाट यसअघि पटक–पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका कविराज निरीक्षक अधिकृत राम श्रेष्ठ राय यादवलाई पुनः सोही जिम्मेवारी दिन अनुरोध गरिएको निर्णय देखाइएको छ।

त्यस निर्णयका आधारमा प.सं. ०८२/०८३ च.नं. ४५९ मिति २०८२/०९/०९ मा आर्थिक प्रशासन शाखासम्बन्धी श्रेस्ता उपलब्ध गराउने विषयमा चलानी भइसकेको अभिलेख रहे पनि उही मिति र चलानी नम्बर प्रयोग गरी मन्त्रालयमा अर्को पत्राचार गरिएको देखिएको पालको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत पालले गाउँपालिका अध्यक्षजस्तो गरिमामय पदमा बसेका जनप्रतिनिधिबाट यस्तो गतिविधि हुनु अत्यन्त दुःखद र आपत्तिजनक भएको उल्लेख गर्दै यसले स्थानीय सरकारप्रति जनविश्वासमा गम्भीर धक्का पुगेको बताए। यति गम्भीर प्रकरण भए पनि हालसम्म औपचारिक अनुसन्धान प्रक्रिया सुरु नभएको जनाइएको छ।

यता, यस विषयमा गाउँपालिका अध्यक्ष महमद सउदसँग सम्पर्क गर्दा उनले किर्ते सिफारिस तथा बैठकसम्बन्धी आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्। साथै, प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई प्रत्यक्ष उपस्थित भएर छलफल गर्न चुनौतीसमेत दिएका छन्।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ माघ १५, १३: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ माघ १५, १३: ५४

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ माघ १५, १३: ५४

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...