
काठमाडौं : भारत सरकारले नेपाललाई २५० वटा भन्दा बढी सवारीसाधनहरू प्रदान गरेको छ। निर्वाचनका लागि नेपाल सरकारको आग्रहअनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारीसाधनहरू हस्तान्तरण गरेको हो।
बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रहअनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए।
भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारीसाधनमध्ये बिहीबार दोस्रो लटमा २५० बढी सवारीसाधन प्राप्त भएको उनले बताए।
यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामग्रीहरूसमेत भारत सरकारबाट सहयोगस्वरूप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए। केही दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो।

काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...
काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...
काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...