
गोरखा : नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले जनताले तिरेको करबाट प्राप्त सेवा सुविधा जनताकै सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विदेशमा बसोबास गरेका नेपाली नागरिकको भावना आफूले नजिकबाट बुझेको दाबी पनि गरेका छन् ।
उम्मेदवार दवाडीले आज पालुङटार नगरपालिकाका जनतासँगको भेटघाट कार्यक्रममा बोल्दै आफू लामो समय विदेशमा बसेर स्वदेश फर्किएको अनुभव सुनाए । विदेशमा रहँदा नेपाली नागरिकले भोग्नुपरेका कठिनाइ, सपना र अपेक्षालाई आफूले प्रत्यक्ष रूपमा अनुभूति गरेको उल्लेख गर्दै उनले ती भावनालाई आत्मसात् गरेरै राजनीति र समाजसेवामा लागेको बताए ।
“लामो समय विदेश बसेर स्वदेशमै केही गरौं भन्ने सोचका साथ नेपाल फर्किएको हुँ,” दवाडीले भने, “त्यसैले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको भावना मैले राम्रोसँग बुझेको छु ।”
उनले मुलुकको समग्र विकासका लागि युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । युवाको सक्रिय सहभागिता, सीप र ऊर्जा विकासको मूल आधार भएको भन्दै उनले समृद्ध गोरखा निर्माणका लागि सबै वर्ग, क्षेत्र र समुदायको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै दवाडीले आफू प्रदेश सांसद रहँदा पाउने सबै सेवा सुविधा जनताको सेवामा लगाएको स्मरण पनि गरे । जनप्रतिनिधिले पाउने सुविधा व्यक्तिगत लाभका लागि होइन, जनताको हित र सेवाका लागि प्रयोग हुनुपर्ने उनको भनाइ थियो ।
“प्रदेश सांसद हुँदा मैले पाएको सेवा सुविधा जनताकै सेवामा लगाएँ,” उनले भने, “आगामी दिनमा पनि जनताले तिरेको करबाट प्राप्त सबै सेवा सुविधा जनताको हित र सेवामै लगाउने मेरो प्रतिबद्धता रहनेछ ।”
स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार दवाडीले गोरखाको विकास, रोजगारी सिर्जना र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने विषयमा आफू गम्भीर रहेकोसमेत बताए ।
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...