गगनका प्रमुख सारथि मध्ये विशेष महाधिवेशनका कमाण्डर मनोजमणिले पाए सवैतिरवाट प्रशंसा ! – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

गगनका प्रमुख सारथि मध्ये विशेष महाधिवेशनका कमाण्डर मनोजमणिले पाए सवैतिरवाट प्रशंसा !

–दामाेदर प्रसाद दवाडी

नेपाली काङ्गेस भित्र युवापिडिका माझ चर्चित अनुहार मध्ये मनोजमणि आचार्यको नाम काङ्गेसको ११ अैा महाअधिवेसन देखि चर्चामानै रहदै आएको छ । पार्टिभित्र युवाको नेतृत्वले मात्र काङ्गेसलाई सबल र सक्षम वनाउन सक्छ भनेर लागि परेका कारणनै उनको गगनसँग सहकार्य र नेतृत्व विकासले निरन्तरता पाउदै जादा यतिवेला पार्टिभित्रको
विशेष महाधिवेशनले सार्थकता प्राप्त गर्यो ।

कांग्रेसभित्र तीव्र असन्तुष्टि र युवाहरुमा वढेको निरासालाई मत्थर पार्न देसभरका युवाहरुलाई जोडदै देसव्यापि दैाडहामा पार्टिभित्रको आन्तरिक लोकतन्त्रको बहस चलाउन सफल भए । गुटगत स्वार्थमा अल्झिरहेका समयमा सतहमा तिव्र हुँदै गएका मतभेदलाई मनोजमणिको समन्वयकारी भुमिकाले खेलेको भुमिका निकै प्रभावकरी देखिएको थियो । नेपाल विध्धार्थी सँघका रोल्पा जिल्ला अध्यक्ष हुँदै नेपाल विद्यार्थी सँघको केन्द्रीय पुर्व महामन्त्री वाट ११अैा महाअधिवेसन देखि रोल्पा जिल्लावाट निरन्तर महासमिति सदस्य रहदै आएका मनोजमणी सीतापाइला चोकको सेल्सवेरिमा देसभरका काङ्गेस समर्थक र शुभचिन्तकहरुसँग विगत लामो समयदेखि पार्टिभित्रको आन्तरिक लोकतन्त्र का वारेमा वहस छेड्दै आएका थिए । नेपाली कांग्रेसको विशेष अवस्थामा विशेष महाधिवेशनको तयारी र संरचनागत निर्माणका आधारस्तम्भमा उनको भुमिका पनि विशेष रहेको थियो ।

विशेष महाधिवेशनको सबैभन्दा संवेदनशील र निर्णायक संरचना मानिने व्यवस्थापन समिति—त्यसको संयोजकका रूपमा आचार्यले खेलेको भूमिकाले विशेष महाअधिवेसन जटिल मोडमा पनि निकै महत्वपुर्ण रहिरह्यो । चारदिन सम्म भृकुटीमण्डपमा चलेको कार्यक्रमलाई समन्वय र सँयोजन कार्यमा निरन्तर मेरुदण्डको रुपमा सक्रिय सक्रिय भईरहन्थे । सहभागिहरुलाई संयोजन, विशेष महाधिवेशन कार्यक्रम सन्चालन देखि वव्यस्थापकिय जम्मेवारीमा रहेका धेरै ‘पिलर’ हरूमध्ये उनी एक मजबुत स्तम्भका रुपमा रहेर विशेष महाअधिवेसन सफल पारि छाडे ।

लामो समयदेखि गगन थापासँग निकट रहेर संगठनात्मक काममा सहजीकरण गर्दै आएका आचार्यको राजनीतिक पहिचान फराकिलो घेराभित्र सबैलाई मिलाउने, भूमिकामा राख्ने र अगाडि बढाउने क्षमता विशेष रहेको कारण, जिम्मेवारी बाँडफाँडको समयमा उनले आफूले भाग खोजेनन , अन्य युवा नेताले विशेष महाअधिवेसनमा अवसरको सदुप्रयोग गर्ने ईच्छा व्यक्त गरिराख्दा उनले अरू युवनेताहरूलाई अघि बढ्ने ठाउँ दिनु नै उपयुक्त ठान्दै त्याग र नैतिक जिम्मेवारीको वोध देखाउदै आफुले पार्टिभित्र उठाएको मुद्धालाई गगनले नेतृत्व लिएर सफल भएकोमै खुसि भए ।

उद्घाटन समारोहदेखि बन्दसत्रसम्म, हलभित्र एउटा दृश्य बारम्बार दोहोरियो—गगन थापा र विश्वप्रकाश शर्मापछि सबैभन्दा धेरै भेटिने, बोलाइने र व्यस्त देखिने नेतामध्ये एक थिए मनोजमणि आचार्य। महाधिवेशन प्रतिनिधिहरूका मन–मनमा बसेका, सुन्ने र बुझ्ने नेताका रूपमा उनको उपस्थिति निरन्तर रहिरह्यो । त्यति ठूलो जोखिम उठाउने मध्येका एक हस्ति जसले चाहेमा सजिलै कुनै पनि पदको दाबी गर्न सक्थे र पाउथे पनि । निर्वाचन प्रक्रियामा मनोनयन नगरी विशेष महाअधिवेसनको सफलतामा रमाई रहे , न त दबाब, न त गुनासो—बरु स्पष्ट सन्देश “म पद जित्न होइन, राजनीति जित्न हिँडेको मान्छे हुँ।”

अन्य युवाहरुलाई अगाडि सारेर आफूलाई परिधिमा राखेर पनि समग्र अभियानलाई जिताउने सोच आजको राजनीतिमा निकै दुर्लभ हुँदै गएको बेला उनको निर्णयले एउटा गहिरो सन्देश दिएको छ—राजनीति केवल कुर्सीको खेल होइन, भरोसा, निरन्तरता र मूल्यको अभ्यास पनि हो।
विशेष महाधिवेशनको यो यात्रामा मनोजमणि आचार्यको नाम पदसँग जोडिएन, तर प्रक्रियासँग, विश्वाससँग र भविष्यसँग जोडियो। सायद यही कारण हो—उनी मौन रहे, तर हरेक जिम्मेवारीमा अग्रपंक्तिमा रहे ।

कहिलेकाहीँ इतिहास पदले होइन, त्यागले लेखिन्छ। त्यसैले त आज पार्टिका सवै तह र तप्कावाट प्रशंसा वटुल्ल सफल भएका मनोजमणि आचार्य । मनोजमणिले देसैभर विशेष महाअधिवेसनको महाअभियान सफल वनाएर पनि पदको लागि लालचा देखाएनन । त्याग र समर्पणको एउटा जीवित उदाहरण बनेर पार्टिलाई जिवन्त राख्न सफल भए मनोजमणि ।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ माघ १८, १५: १३

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ माघ १८, १५: १३

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ माघ १८, १५: १३

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...