
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका दुई पटक नेतृत्व सम्हालिसकेका सबुज (कृष्ण) बानियाँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बलियो उम्मेदवारका रूपमा काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवार बनेर आम मतदाताको घरआँगनमा पुगिरहेका छन्।
सुशासन, समृद्धि र समुन्नत नेपाल निर्माणको अभियानमा निकै अगाडिदेखि लाग्दै आएका उनले नीति निर्माण तहमा पुग्नका लागि आम मतदाताको सहयोगको अपेक्षा राख्दै मत मागिरहेका छन्। आफ्नो क्षेत्रअन्तर्गत झोर महांकालदेखि टुँडिखेल महांकालसम्मका मतदाता, ज्येष्ठ नागरिकदेखि युवासम्मका व्यक्तिहरूको भावनाको प्रतिनिधित्व गर्दै जनताको सेवामा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्पष्ट दृष्टिकोण, निष्पक्ष नेतृत्व र आम जनताप्रति प्रतिबद्ध भएर परिवर्तित कांग्रेसले मात्र मुलुक जोगाउन सक्ने धारणा राख्दै आएका बानियाँ काठमाडौं कांग्रेसमा सरल र मिलनसार नेताका रूपमा परिचित छन्। बानियाले स्थानीय तहमा व्यापक विश्वास र लोकप्रियता कमाउँदै आएका छन्।
उनी समाजसँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र समाधान खोज्ने नेताका रूपमा पनि परिचित छन्। क्षेत्र नं. ६ का आम मतदाताको बुझाइमा बानिया केवल चुनावी उम्मेदवार मात्र नभई सामाजिक रूपान्तरणका लागि सक्रिय अभियन्ता पनि भएको बताएका छन्। उनले आफ्नो अभियानमा पारदर्शिता, इमान्दारिता र जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेका छन्।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र वातावरण संरक्षणलाई प्राथमिकताका क्षेत्रका रूपमा अघि सार्दै बानियाले काठमाडौं क्षेत्र नं. ६ लाई दिगो विकासको नमुना बनाउने योजना प्रस्तुत गरेका छन्। स्थानीय बासिन्दाले बानियाको कार्यशैलीप्रति सकारात्मक प्रतिक्रिया दिँदै समस्या समाधानको बाटोमा बानियाँ निकै अगाडि रहेको बताएका छन्।
बानियाँ बताउँछन्— “हामी केवल चुनाव जित्न मात्र जनताको माझमा नभई जनताको भरोसा जितेर दीर्घकालीन परिवर्तन ल्याउन जनताको माझ आएका हौं ।”
बानियाँको उम्मेदवारीले नेपाली कांग्रेसको सुशासन, विकास र समृद्धिको एजेन्डालाई थप मजबुत बनाउनुका साथै नेतृत्व, प्रतिबद्धता र आम जनसमर्थनले काठमाडौं क्षेत्र नं. ६ का आम मतदातामा नयाँ आशा र भरोसा जगाउने विश्वास गरिएको छ।
काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...
काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...
काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...