गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा – Naya Bikalpa
February 4, 2026, Wednesday      Epaper

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ को आज भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूरदृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताए ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,” उनले भने, “त्यसैले नेपाली कांग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।”

उपसभापति शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनबाट भागबन्डा र गुटको राजनीतिलाई अन्त्य गरिदिएको बताए । विगतमा ६० र ४० को भागबन्डा हुने गरेको चर्चा गर्दै अहिले पार्टी विभाजित मनस्थितिमा होइन, पूर्ण रुपमा चुनावमा होमिएको उनको भनाइ छ ।

पार्टीको विशेष महाधिवेशनपश्चात् उपसभापति शर्मा पहिलोपटक गृह निर्वाचन क्षेत्र झापा–१ को कार्यक्रममा आएका हुन् । सो क्षेत्रबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । उपसभापति शर्माले पार्टीका उम्मेदवार पाण्डेलाई चुनावमा जिताउन आह्वान गरे ।

सम्बन्धित समाचार

नेपालले वार्म अप खेलमा युएईलाई हरायो
नेपालले वार्म अप खेलमा युएईलाई हरायो
  • २०८२ माघ १८, २१: ५३

काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
  • २०८२ माघ १८, २१: ५३

काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने
विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने
  • २०८२ माघ १८, २१: ५३

काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...