

ति ग्रिनेडहरु बीपीले अब बसन्त शम्शेरलाई दिनु थियो । बीपी भर्खरै लिएका ग्रिनेडको झोला बोकेर बसन्त शम्शेरलाई पर्खिरहेका थिए । बीपीले आफूले लिइराखेको ६ वटा ग्रिनेड बसन्त शम्शेरलाई दिए ।
विसं २००४ साल माघ १३ गते दिन काठमाडौंमा पद्म शम्शेरले ‘२००४ सालको नेपाल सरकार वैधानिक कानून’ को घोषणा गरे । श्रीप्रकाश गुप्ताको नेतृत्वमा भारतबाट आएको टोलीले तयार पारेको विधानको तेस्रो मसौदामा यो बैधानिक कानून अधारित थियो ।
यो टोलीको पहिलो मसौदालाई बहादुर शम्शेर र उनको टोलीले आमुल परिवर्तन गर्नुपर्ने सुझाव दियो । दोश्रो मसौदालाई समेत उनीहरुले व्यापक परिमार्जन गर्नु पर्ने सुझाव दिएका थिए । अनि तेश्रो मसौदा तयार भएको थियो । यसलाई पनि लागू हुन नदिन मोहन शम्शेर, बहादुर शम्शेर र बबर शम्शेर लागेका थिए ।
नेपाली राष्ट्रिय कांग्रेसको महाधिवेशन २००४ साल माघ २० देखि २२ गतेसम्म बनारसमा भयो । कांग्रेसको सो महाधिवेशनमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिले ‘बैधानिक कानून अप्रजातान्त्रिक छ । राणा शासनलाई बैधानिक रुपमा संचालन भैरहेको छ भन्ने देखाएर आँखामा छारो हाल्न यो घोषणा गरिएको हो भने ।’
जुन दिन पद्म शम्शेरले काठमाडौंमा नेपाल सरकारको बैधानिक कानूनको घोषणा गरिरहेका थिए, त्यस दिन उनका छोरा बसन्त शम्शेर बनारसमा थिए । बनारसमा बीपी कोइरालासँग बसन्त शम्शेरको भेटघाट भयो । बीपीसित उनले देशको बस्तुस्थितिको बारेमा लामो छलफल गरे ।
बसन्त शम्शेर केही उदार प्रजातान्त्रिक बिचारका थिए । राणाहरुको आन्तरिक प्रतिष्पर्धा वा पारिवारिक षडयन्त्रबाट उनलाई बिसं १९८७ मा उनका आफ्नै सहोदर बाजे भीम शम्शेर प्रधानमन्त्री हुँदा पक्राउ गरिएको थियो । उनलाई विष्फोटक पदार्थ प्रयोग गरेर उपद्रव मच्चाउने योजनामा लागेको झुटा आरोपमा केही समय थुनामा राखिएको थियो ।
त्यसैले बसन्त शम्शेरलाई राणाहरुप्रति आक्रोस र घृणा थियो । बसन्त शम्शेरले चन्द्र शम्शेरका छोराहरु मोहन, बबर र जुद्ध शम्शेरका छोराहरुको अनुदार सोचाई र दबाबबाट उनका पीता पद्म शम्शेरले कुनै प्रजातान्त्रिक सुधार गर्न नसकेको कुरा बीपीसँग भने ।
उनले बीपीसँग आफूले केही शक्तिशाली ग्रिनेट पाए, त्यसबाट उनले आफ्ना पीता पद्म शम्शेरको दरबारमा चाकरीमा आएको बेला अनुदार राणाहरुलाई समाप्त पार्न सक्ने आफ्नो योजना बताए ।
उनको त्यो योजनाले सफलता प्राप्त गर्यो भने नेपालमा अति सजिलै प्रजातन्त्र घोषणा गर्न सकिन्छ ।
ती अनुदार राणाहरुलाई समाप्त गर्न सके उनका पीताले सहर्ष प्रजातन्त्रको घोषणा गर्ने छन्’ उनले बीपीसित भने ।
बीपीले उनलाई ग्रिनेड दिने कबुल गरे । २००४ साल माघ १३ गतेको एक साँझ यसरी बीपीले बसन्त शम्शेरलाई भेटेका थिए ।
बीपी त्यसै दिन रातिको रेलबाट दिल्ली गए । दिल्लीमा उनले १९४८ जनवरी २८ का दिन महात्मा गान्धिसँग भेटेर लामो कुराकानी गरे । त्यसपछि उनी कलकत्ता गए । जनवरी ३० को साँझमा उनको कलकत्ताको पार्क स्ट्रीटमा बसन्त शम्शेरलाई भेट्ने र त्यहीँ उनलाई ग्रिनेड दिने कुरा तय भयो ।
जनवरी ३० को दिन जसबाट बीपीले ग्रिनेट प्राप्त गर्ने व्यवस्था मिलाएका थिए, उनले निर्धारित समयमा आएर बीपीलाई ग्रिनेड दिए । ति ग्रिनेडहरु बीपीले अब बसन्त शम्शेरलाई दिनु थियो । बीपी भर्खरै लिएका ग्रिनेडको झोला बोकेर बसन्त शम्शेरलाई पर्खिरहेका थिए ।
ठीक त्यसै बेला नजिकैको पान पशलको रेडियोले भन्यो – महात्मा गान्धिको हत्या भयो । यो अप्रत्यासित र एक अत्यन्त दुःखदायी समाचार थियो । यसले बीपी स्तब्ध भए । ‘ द लाईट ह्याज्स गन एण्ड फाइन्ड डार्कनेस एभरीह्वेर’ त्यही रेडियोबाट नेहरु अबरुद्ध आवाजमा गान्धीजीका बारेमा यसरी भनीरहेका थिए ।
वास्तवमा भारतबाट एउटा ज्योतिपुञ्ज सदा –सदाको लािग अस्त भएको थियो । यसरी भारतवर्षभरि अन्धकार छाएको, इतिहासको एक अति दुःखदायी घटनाले सबैलाई आहत पारेको त्यही बेला बसन्त शम्शेर त्यहाँ आइपुगे ।
बीपीले आफूले लिइराखेको ६ वटा ग्रिनेड बसन्त शम्शेरलाई दिए । बसन्त शम्शेरले आफू त्यसको पर्सिपल्ट काठमाडौ जाने र केही दिनभित्रै आफ्नो योजनाअनुसार काम गर्ने कुराको विश्वास बीपीलाई दिएका थिए । बसन्त काठमाडौं पुगे तर केही गर्न सकेनन् । त्यसको केही दिनपछि पद्म शम्शेर नै नेपाल छाडेर भारत आए ।
– इतिहासकार, लेखक तथा साहित्यकार बस्नेतकाे नेपाली कांग्रेसकाे इतिहासकाे प्रारूप भाग –१ बाट लिइएकाे हाे ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...