वीर र पाटन अस्पताललाई तरुण दलले दियो स्वास्थ्य सामग्री – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
सन्दर्भ ः १०७ औं बीपी जन्मजयन्ति

वीर र पाटन अस्पताललाई तरुण दलले दियो स्वास्थ्य सामग्री


नयाँ विकल्प,
काठमाडौं –कोभिड –१९ कोरोना भाईरसको जोखिममा समेत अग्रपंक्तिमा रहेर जनताको स्वास्थ्य सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा गर्ने स्वास्थ्यकर्मीलाई नेपाल तरुण दलले मास्क, पीपीइ, फेस सिल्ड सहयोग गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जनताको सुरक्षालाई मध्यनजर गर्दै १०७ औं वी।पी जयन्तीको अवसरमा बुधबार भदौ २४ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेललाई यस्तो सहयोग गरेका हुन् ।

तरुण दलले पाटन अस्पतालको हाडजोर्नी विभागमा गई ९१ हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड र वीर अस्पताल अन्तर्गत नाक, कान, घाँटी विभागमा गइ ९१ हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड प्रदान गरेको हो ।

जोखिमको समयमा स्वास्थ्य सेवा दिएका स्वास्थ्यकर्मीको लागि ति सामग्री उपलब्ध गराई सहयोग गर्ने काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र २४, १७: १८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र २४, १७: १८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ भाद्र २४, १७: १८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...