
काठमाडौं : नेपालले भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ः १५ मा सुरु हुनेछ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।
नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो ।
नेपालले आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, नन्दन यादवजस्ता खेलाडीलाई मैदान उतार्ने छ । आजको खेलमा बसिर अहमदले पनि मौका पाउने सम्भावना छ । यदी उनले खेल्ने अवसर पाएका गुल्सनकुमार झा बेन्चमा रहन सक्छन् ।
यता, स्कटल्यान्ड पनि जितसहित प्रतियोगिता अन्त्य गर्ने लक्ष्यमा छ । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डसँग हार व्यहोरेको स्कटल्यान्डले इटालीविरुद्ध जित निकालेको थियो ।
काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को...
काठमाडौं : कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक पक्राउ परेका छन् । आज बिहानैदेखि...
काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको...