टी-२० विश्वकपको सुपर-८ मा पुगे यी आठ टोली – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

टी-२० विश्वकपको सुपर-८ मा पुगे यी आठ टोली

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ। समूह चरणका केही खेलहरू बाँकी भए पनि अंक तालिकाको आधारमा चार वटै समूहका दुई/दुई टोलीको टुंगो लागेको हो।

समूह ‘ए’ का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहमा भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छ।समूह चरणका चारै खेल जितेर भारत शीर्ष स्थानमा हुँदै सुपर-८ प्रवेश गरेको छ। पाकिस्तानले भारतबाहेक सबै देशलाई पराजित गरी ६ अंकसहित सुपर-८ मा प्रवेश गरेको छ।

अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले १ खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको छ। समूह ‘बी’बाट श्रीलंका र जिम्बाब्वे  सुपर-८ मा पुग्ने निश्चित भएको छ। यी दुवै टोलीले अब एक अर्काविरूद्ध खेल्न बाँकी छ। जित्ने टोली समूह विजेता हुँदै र हार्ने टोली उपविजेता हुँदै सुपर-८ मा पुग्नेछ।

समूह ‘सी’ बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर-८ मा पुग्ने पक्का भएको छ। समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड  सुपर-८ मा पुग्ने पक्का भएको छ।

सुपर-८ को खेल शनिबारदेखि हुनेछ।

सम्बन्धित समाचार

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०८२ फाल्गुन ७, ०७: ४३

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ फाल्गुन ७, ०७: ४३

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
  • २०८२ फाल्गुन ७, ०७: ४३

काठमाडौं : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग– २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित...