साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल – Naya Bikalpa
February 23, 2026, Monday      Epaper

साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात सातादेखि चोटका कारण मैदानबाहिर रहनुपरेको जानकारी दिँदै यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट तथा एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको बताएकी छन् । उनका अनुसार पूर्ण रूपमा निको हुन पुनः जटिल शल्यक्रिया अपरिहार्य भएको छ ।

भण्डारीले यसअघि अखिल नेपाल फुटबल संघ को पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त हुँदा आफू समयमै मैदानमा फर्किन सफल भएको स्मरण गरेकी छन् । तर यसपटक भने वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ ।

उनका अनुसार चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको थियो । अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग प्रस्ताव गरेको उनले उल्लेख गरेकी छन् ।

यसबीचमा अघिल्लो प्रक्रिया रोकिँदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

हाल उनी न्युजिल्यान्ड स्थित क्लबमा आबद्ध छिन् । क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि चोटको गम्भीरता कारण उच्चस्तरीय उपचारका लागि अस्पेटार अस्पताल, कतार मा उपचार गराउने इच्छा व्यक्त गरेकी छन् ।

क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापन (रिह्याबिलिटेसन)का लागि उक्त रकम अपुग हुने जनाइएको छ । उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको उनले बताएकी छन् ।

सम्बन्धित समाचार

उदयपुरमा बस दुर्घटना , १५ जना घाइते
उदयपुरमा बस दुर्घटना , १५ जना घाइते
  • २०८२ फाल्गुन ११, १६: १७

उदयपुर । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्...

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौं-५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)
कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौं-५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)
  • २०८२ फाल्गुन ११, १६: १७

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक...

धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह
धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह
  • २०८२ फाल्गुन ११, १६: १७

काठमाडौं : पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जनधनको क्षतप्रति नेपाली कांग्रेसले दुःख...