
काठमाडौँ : नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको छ ।
केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो । यसै सन्दर्भमा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ ।’
सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नु भएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेस खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने संकल्प समेत गरेको छ ।
काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...
काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर युएईले १२८ जना नेपालीलाई...
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह...