पत्रकार वीरेन्द्र साह हत्या मुख्य अभियुक्त पटेल १३ वर्ष पछि पक्राउ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पत्रकार वीरेन्द्र साह हत्या मुख्य अभियुक्त पटेल १३ वर्ष पछि पक्राउ

काठमाडौं– बाराका पत्रकार विरेन्द्र साहकाे हत्याका मुख्य अभियुक्तलाइ प्रहरीले पक्राउ गरेकाे छ । साहकाे अपहरण पछि हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हाे ।

अदालतबाट वारेन्ट जारी भई १३ वर्षदेखि फरार रहेका हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई विहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कोल्हवी नगरपालिका ४ सपही टोल बाट पक्राउ गरेकाे हाे ।

१८ असोज २०६४ मा पत्रकार वीरेन्द्र साहलाई हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी, कुन्दन फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका ५ जना व्यक्तिहरूले अपरहण पछि गोली हानी हत्या गरेका थिए।

शाहको शव बारा गाविसको डुमरवाना ७ स्थित जंगलमा खाल्टो खनी गाडेको अवस्थामा २२ कात्तिक २०६४ मा फेला परेको थियो।

अपहरण र हत्यामा संलग्न प्रतिवादी मनेजर गिरी, राम एकवाल सहनी, नरेन्द्र फौजदार यसअघि नै पक्राउ परिसकेका थिए। हत्यामा संलग्न सवै अभियुक्त लाइ सर्वस्व सहित जन्मकैदको फैसला भएकाे थियाे ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ भाद्र २५, १७: २८

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र २५, १७: २८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र २५, १७: २८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...