रौतहटमा निर्वाचन सुरक्षा कडा, नेपाली सेनाद्वारा हवाई गस्ती – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

रौतहटमा निर्वाचन सुरक्षा कडा, नेपाली सेनाद्वारा हवाई गस्ती

प्रेमचन्द्र झा

रौतहट : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन रौतहट जिल्लामा तैनाथ नेपाली सेना अन्तर्गतको नारायणदल गणले सुरक्षा व्यवस्था कडा पारेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर शान्ति सुरक्षा कायम गर्न सेनाले हवाई गस्तीसमेत सञ्चालन गरेको छ। साथै, गणले एमपीभी (माइन प्रोटेक्टेड भेहिकल), अन्य सवारी साधन, मोटरसाइकल तथा पैदलमार्फत मतदान स्थलहरूमा सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न क्षेत्रमा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको हो।

यसैगरी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल ले एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार संयुक्त रूपमा गस्ती तथा निगरानी गरिरहेका छन्।

सुरक्षा निकायहरूले जिल्लावासीलाई निर्धक्क भई मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ फाल्गुन २०, ११: ४९

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ फाल्गुन २०, ११: ४९

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ फाल्गुन २०, ११: ४९

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...