प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान सुरु – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान सुरु


काठमाडौं : जेन–जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।

निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदै छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सामानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदै छ ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०८२ फाल्गुन २१, ०७: ३५

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
  • २०८२ फाल्गुन २१, ०७: ३५

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८२ फाल्गुन २१, ०७: ३५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...