बुलेटबाट आएको माओवादी र ब्यालेटबाट आएको रास्वपामा फरक – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बुलेटबाट आएको माओवादी र ब्यालेटबाट आएको रास्वपामा फरक

यही फागुन २१ गते भएको आम निर्वाचनमा रास्वपालाई बहुमत मात्रै होइन दुइतिहाइ नजिक पु¥याउँदै छ । यद्यपी नेपालमा उग्रवामपन्थी कम्युनिष्टहरुलाई त नराम्ररी राजनीतिक क्षति पु¥यायो भने पहिलो लोकतन्त्रवादी शक्ति नेपाली कांग्रेस समेत कम्युनिष्टहरुको सिकार बन्न पुग्यो ।

आफुलाई कम्युनिष्ट पार्टी खम्बा भन्ने ओलीको हैकमवाद र कांग्रेसका देउवामा देखिएको एकाधिकारवादबाट पिल्सिएका आम जनताले दोस्रो लोकतान्त्रिक वैकल्पिक शक्ति खोजिरहेका थिए । तत्कालीन ओली–देउवा सरकारले जनताको जनआवाज दवाउने अकर्मण्यताले जेनजी आन्दोलन निम्त्याउँदै जाँदा त्यसैको विकल्पको रुपमा छोटै समयमा रास्वपाले ठूलो राजनीतिक फाइदा लियो । तर रास्वपाका शीर्ष नेतृत्वमाथि प्रश्नचिन्ह खडा भइरहँदा पनि उक्त पार्टीका लोकतान्त्रिक तथा वौद्धिक नेतृत्वले छोपिरह्यो । यद्यपी रास्वपाले आफुलाई अहिलेसम्म कम्युनिष्ट चरित्र र राजसंस्थाबाट अलग्याउँदै आएको देखिन्छ । त्यसैले गर्दा हुन सक्छ नेपालका बौद्धिक व्यक्तिहरुले रास्वपालाई लोकतान्त्रिक पार्टी मानेर वैकल्पिक शक्तिको रुपमा लिएका कारण पनि यतिबेला रास्वपा उदाएको हुनसक्छ ।

पहिलो संविधान सभा निर्वाचनबाट संविधानसभामा आएका माओवादीका प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० गरी २२० जना संविधानसभा सदस्यहरु थिए । भिन्न पृष्ठभूमि र भिन्न क्षेत्रबाट आएका उनीहरुबीच चिनजानसमेत थिएन । कतिपयलाई आरक्षणका नाममा ल्याइएको थियो भने कतिपय चिनजान र नातागोताका थिए । यसरी संविधानसभाको ठूलो शक्तिका रुपमा रहेको माओवादी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा खुम्चिन पुग्यो । २०७४ को आम निर्वाचनमा एमालेसंग मिलेर गठन गरिएको कम्युनिष्ट गठबन्धनबाट थोरै राहत महशुस गरेको माओवादी २०७९ को निर्वाचनमा ३२ सिटमा सीमित भएको इतिहास छ । फागुन २१ को निर्वाचनमा उसले जम्मा ८ क्षेत्रमा जित हात पारेको छ । समानुपातिकको हालको अवस्था हेर्दा थप ८ सिट उसले हात पार्न सक्छ ।

जबकि हिजोको माओवादी पार्टी बिघटन भइसकेको छ भने आज त्यसमा अन्य स साना बाम घटकहरु समेत जोडिएका छन् । यसबाट प्रष्ट हुन्छ कि माओवादी पार्टीको बिसर्जन कसरी भएको छ । ठीक यहि अवस्था भोलिका दिनमा आजको रास्वपालाई पनि पर्न सक्छ । हिजो माओवादीका जस्तै आज रास्वपाका सांसदहरु एक आपसमा चिनजान छैन । शुरुको केही समय उनीहरुलाई आपसी चिनजान गर्नमै लाग्नेछ । अर्कातिर बिभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरु रास्वपामा जोडिएका छन् । ती सबैका आ आफ्ना स्वार्थ जोडिएका छन् । त्यसकारण सरकार संचालन गर्न सफल भएता पनि रास्वपाले आगामी दिनमा हिजोको माओवादीले जस्तै चुनौतीको सामना गर्नुपर्ने अवस्था यही सिकेर रास्वपाले सरकारलाई निरन्तरता दिन सक्नुपर्दछ । त्यसैले बुलेटबाट आएको भन्दा ब्यालेटबाट आएको भरोसा योग्य हुनेछ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ फाल्गुन २५, १६: ००

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ फाल्गुन २५, १६: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०८२ फाल्गुन २५, १६: ००

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...