
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ ।
राखेपको कार्यकारी समितिको मिति २०८२ चैत ११ गतेको निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९(२) बमोजिम एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरिएको हो । उक्त कानुनी व्यवस्थाअनुसार परिषद्को निर्देशन पालना नगर्ने संघलाई अधिकतम तीन महिनासम्म निलम्बन गर्न सकिने प्रावधान छ ।
राखेपले एन्फालाई यसअघि पनि साधारण सभा (अर्डिनरी कंग्रेस) र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउँदा परिषद्को स्वीकृति लिन, प्रतिनिधि उपलब्ध गराउन तथा कानुनअनुसार कार्य गर्न पटक–पटक पत्राचार गरेको थियो । तर ती निर्देशनहरूको पालना नभएको निष्कर्ष राखेपले निकालेको छ ।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२।१२।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको’ राखेपले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि राखेपले एन्फालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको राखेपको भनाइ छ ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...
काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । जेनजी...