ढोका’ फिल्ममा कोरोनाको कथा – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

ढोका’ फिल्ममा कोरोनाको कथा

नयाँ विकल्प,

काठमाडौं–“बरु बनको बाघले खाओस मनको बाघले नखाओस ।“ यो नेपाली उखानलाई ’ढोका’ फिल्ममा उतारिएको छ ।

विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस (कोभिड (१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ’ढोका’ फिल्म सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ’ढोका’ फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन् ।

दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् । आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्दशक धितालले बताए । फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् ।

वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन को पनि काम गरेका छन् ।

’ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ । यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७७ भाद्र २८, १४: ३०

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ भाद्र २८, १४: ३०

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
  • २०७७ भाद्र २८, १४: ३०

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...