नेपालले आज एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्दै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नेपालले आज एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्दै


काठमाडौं : नेपालले आज एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्दै छ ।

खेलमा नेपाल पहिलो लेगको हारको बदला लिँदै जितसहित प्रतियोगिता टुंग्गाउने लक्ष्यमा हुनेछ । गत वर्ष सम्पन्न पहिलो लेगमा नेपाल २–१ ले पराजित भएको थियो ।

लाओस भने पाहुना टोलीविरुद्ध दोस्रो लेगमा पनि जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।

यी दुईबीचको खेल लाओसको भिन्टियानेस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार ७ बजे हुनेछ ।

नेपाल र लाओसबीच सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत दोस्रो लेग खेल्न लागेको हो ।

यी दुवै छनोटको समूह ‘एफ’ मा छन् । यसअघि नै छनोट होडबाट बाहिरिएका दुवैले तालिकामा समान तीन अंक जोडेका छन् । नेपाल पुछारबाट तालिकाको पहिलो र लाओस दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ चैत्र १७, ०८: ११

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ चैत्र १७, ०८: ११

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ चैत्र १७, ०८: ११

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...